• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

संकटबाट बढेको क्वाडरार्डोको फुटबल

64x64
नेपाल लाइभ बिहीबार, फागुन १३, २०७७  ०९:२०
1140x725

काठमाडौं- इटालियन क्लब युभेन्टसमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो गएसँगै केन्द्रमा उनै छन्। खेलमा, जितमा र चर्चामा पनि। सिरि ए को पछिल्लो खेलमा क्रोटोनलाई ३-० ले हराउँदा उनै रोनाल्डोले दुई गोल गरे। पछिल्ला दशक विश्व फुटबलको केन्द्रमा देखिएका रोनाल्डोको चर्चा हुनु सामान्य भए पनि उनको छायाँमा केही खेलाडी छोपिएका छन्। 

युभेन्टसमा फरक क्षमतामा देखिएर छोपिएका एक खेलाडी हुन्, कोलम्बियाका वान क्वाडरार्डो। २०१७ देखि युभेन्टसमा रहेका उनी विंगर, अट्याकिङ मिडफिल्डर, फुल ब्याक, विंग ब्याक जस्ता विभिन्न क्षेत्रमा रहेर खेल्न सक्छन्। त्यसले उनको क्षमता प्रष्ट भइरहेको छ। अहिले चोटका कारण मैदानबाहिर रहेका उनी केही दिनमा नै फर्कने देखिएको छ। 

क्वाडरार्डो फुटबलमा सफल हुनुमा दुईवटा कुरा प्रमुख देखिन्छन्। पहिलो, उनी चार वर्षको हुँदा हत्या गरिएका पिताको सम्झना। दोस्रो, आमा मार्सेलालाई रानी जसरी हेरचाह र संरक्षण गर्ने चाहना। 

क्वाडरार्डोलाई फुटबलमा अगाडि आउन आमाले धेरै त्याग गरेकी छिन्। सन् १९८८ मे २६ मा जन्मेका क्वाडरार्डो चार वर्षको हुँदा गाउँ नेकोक्लीमा उनका पिताको हत्या भएको थियो। आमाले उनको बाल्यकाललाई डरलाग्दो हिंसाबाट धेरै टाढा राखेर हुर्काइन्।  

त्यो समय नेकोक्लीमा जीवन त्यति सहज थिएन। एन्टियोक्युवाको एक भागको रुपमा यसको राजधानी मेडेलिन थियो। कोलम्बियाले ६० वर्ष भन्दा धेरै भोगेको सशस्त्र द्वन्द्वले यसलाई नराम्ररी गाँजेको थियो। त्यहीँ क्वाडरार्डोको परिवारलाई बढ्न सहज थिएन। 

सानै उमेरमा क्वाडरार्डोले गोली चलेको सुनियो भने खाटमुनी गएर लुकिहाल्न पर्छ भन्ने आमाबाबुबाट सिकेका थिए। त्यसरी नै एक पटक गोलीको आवाज सुनेर खाटमुनि लुक्दा उनले आमा मार्सेला रोएको सुने। ठीक त्यतिखेर उनका पिताको हत्या भएको थियो। उनका पिता सामान पुर्‍याउने ट्रकका चालक थिए। 

युभेन्टसका यी खेलाडीलाई आफ्नो पिताको थोरै मात्रै सम्झना छ। पिताकै सम्झनामा प्रत्येकपल्ट उनले गोल गरेपछि आफ्नो दुवै हात आकाशतर्फ फैलाउँछन्।

पिताको मृत्युले क्वाडरार्डोको परिवारलाई अर्को दिशातर्फ लग्यो। उनको स्याहार काकाले गर्न थाले। त्यतिखेर उनकी आमा सोमबारदेखि शुक्रबारसम्म अपार्टाडोमा केरा खेतीमा काम गर्न जान्थिन्। आमाले उनलाई विद्यालय लैजान्थिन्। विद्यालयमा क्वाडरार्डो कक्षामै सुतिदिन्थे। उनी हजुरआमासँग आमाले माया गर्नुहुन्न भनेर गुनासो गर्थे। ‘मलाई आमाले किन फुटबल खेल्न दिनुहुन्न’ भनेर हजुरआमासँग सोध्ने गर्थे।

Ncell 2
Ncell 2
nimb
nimb

‘मैले उसलाई विद्यालय पठाउँथे तर, ऊ फुटबल खेलेर यत्तिकै घर आउने गर्थ्यो’ आमा मार्सेलाले भनेकी छिन्, ‘मैले उसलाई पिट्थेँ, किनभने उसको फुटबलको कुनै काम थिएन।’

क्वाडरार्डोले सानै उमेरबाट फुटबलमा आफ्नो कला देखाउन थालिसकेका थिए। उनी ढुंगा वा बल जे भेट्यो त्यसैलाई लात्तिले हान्दै दौडन्थे। त्यसपछि मात्रै उनकी आमाले उनको भविष्य के हो बुझिन्। उनको रुचि बुझिन्। उनलाई पहिले नेकोक्ली र त्यसपछि अपार्टाडोको फुटबल सिकाउने ठाउँमा भर्ना गरिदिइन्। तर, फुटबल खेल्न चाहेमा पढाइ छोड्न नपाउने उनको शर्त थियो। 

क्वाडरार्डो बच्चामा धेरै फुर्तिला थिए। एकदिन उनले बाटोमा फुटबल खेल्दा आफ्नो प्रतिस्पर्धीलाई हिर्काइदिए। त्यसपछि आमाले उनको फुटबल बुट एक महिनाको लागि थन्क्याइदिइन्। आमाले खेल्न दिन रोकेपनि विस्तारै उनको खेल कौशलबारे चारैतिर हल्ला फैलिन थालिसकेको थियो। उनलाई नेल्सन गालेगोले डेपोर्टिभो कली क्लबमा लिएर गए।  

‘क्वाडरार्डो मसँग धेरै वर्ष बस्यो, मैले उसलाई कसरी स्वावलम्बी हुने, कसरी खाना पकाउने, कसरी पढ्ने, यस्ता सबै कुरा व्यवस्थापन गर्न सिकाएँ’ उनी भन्छन्।

क्वाडरार्डो कलीमा जाँदा १२ वर्षका मात्र थिए। त्यसैले पनि होला उनी त्यहाँ लामो समय टिकेनन्। उनको उचाइ कम भएकोले अस्वीकृत भएका थिए। त्यो समयमा उनी जम्मा ४ फिट ४ इन्च अग्ला थिए। अहिले उनी ५ फिट ९ इन्च छन्। अर्को क्लब रिभरप्लेटले उनमा चासो देखायो र पछि उचाइ थोरै भएकै कारण पछाडि हट्यो। तर, मेडेलिन क्लबले उनलाई खोजी गर्‍यो र प्रशिक्षक ग्यालेगो सान्टियागो इस्कोबारले उनलाई मन पराए। इस्कोबार भन्छन्, ‘मैले उनको प्रतिभा थाहा पाएँ र उनले विश्वको कुनै पनि ठूलो टिममा खेल्छन् भन्ने त्यतिखेरै लागेको थियो।’

उनले व्यावसायिक खेलको सुरुमा विंग ब्याकको रुपमा खेले र पछि मेडेलिनले उनलाई अगाडि पनि खेलायो। सन् २००९ मा युडिनेज क्बलको आँखामा उनी परेपछि उनी त्यहाँ आबद्ध भएका थिए। 

व्यावसायिक रुपमा आबद्ध भएपछि उनले सबैभन्दा पहिले आमा मार्सेलालाई आफैंसँग बस्न र उनलाई अरु काम नगर्न आग्रह गरे। युडिने, लिस, फियोरेन्टिना, चेल्सी र अहिले युभेन्टस उनी जहाँ खेल्न जान्छन् त्यहाँ आमासँगै हुन्छन्।

कोलम्बिया राष्ट्रिय टिमको लागि सन् २०१० मा हेर्नान डेरियो गोमेजको प्रशिक्षकत्वमा उनले डेब्यु गरे र भेनेजुएलाविरुद्ध गोल पनि गरे। पछि जोसे पेकेरम्यानले उनलाई उचित मौका दिए। क्वाडरार्डोलाई क्यामिलो जुनिगाको पछाडि वाइड मिडफिल्डरको रुपमा खेलाए। त्यसपछि उनलाई फरवार्डको रुपमा विकास गरे र अहिले उनी कोलम्बियाको लागि विंगरको रुपमा खेल्छन्। 

अहिले पनि क्वाडरार्डो जब गोल गर्छन् आफ्नो दुवै हात आकाशतिर फर्काउँछन् र पितालाई सम्झिन्छन्। सिरि ए मा यो सिजन क्वाडरार्डोले त्यसरी गोलपछि हात आकाशतिर फर्काएर आफ्ना पिता सम्झन पाएका छैनन्। सिरि ए मा १७ खेल र च्याम्पियन्स लिगमा पाँच खेल, कोपा इटालियामा दुई र सुपर कोपामा एक खेल खेलिसक्दा उनी गोलविहीन छन्। १३ गोलका लागि अवसर भने बनाएका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्