• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

संकटबाट बढेको क्वाडरार्डोको फुटबल

64x64
नेपाल लाइभ बिहीबार, फागुन १३, २०७७  ०९:२०
1140x725

काठमाडौं- इटालियन क्लब युभेन्टसमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो गएसँगै केन्द्रमा उनै छन्। खेलमा, जितमा र चर्चामा पनि। सिरि ए को पछिल्लो खेलमा क्रोटोनलाई ३-० ले हराउँदा उनै रोनाल्डोले दुई गोल गरे। पछिल्ला दशक विश्व फुटबलको केन्द्रमा देखिएका रोनाल्डोको चर्चा हुनु सामान्य भए पनि उनको छायाँमा केही खेलाडी छोपिएका छन्। 

युभेन्टसमा फरक क्षमतामा देखिएर छोपिएका एक खेलाडी हुन्, कोलम्बियाका वान क्वाडरार्डो। २०१७ देखि युभेन्टसमा रहेका उनी विंगर, अट्याकिङ मिडफिल्डर, फुल ब्याक, विंग ब्याक जस्ता विभिन्न क्षेत्रमा रहेर खेल्न सक्छन्। त्यसले उनको क्षमता प्रष्ट भइरहेको छ। अहिले चोटका कारण मैदानबाहिर रहेका उनी केही दिनमा नै फर्कने देखिएको छ। 

क्वाडरार्डो फुटबलमा सफल हुनुमा दुईवटा कुरा प्रमुख देखिन्छन्। पहिलो, उनी चार वर्षको हुँदा हत्या गरिएका पिताको सम्झना। दोस्रो, आमा मार्सेलालाई रानी जसरी हेरचाह र संरक्षण गर्ने चाहना। 

क्वाडरार्डोलाई फुटबलमा अगाडि आउन आमाले धेरै त्याग गरेकी छिन्। सन् १९८८ मे २६ मा जन्मेका क्वाडरार्डो चार वर्षको हुँदा गाउँ नेकोक्लीमा उनका पिताको हत्या भएको थियो। आमाले उनको बाल्यकाललाई डरलाग्दो हिंसाबाट धेरै टाढा राखेर हुर्काइन्।  

त्यो समय नेकोक्लीमा जीवन त्यति सहज थिएन। एन्टियोक्युवाको एक भागको रुपमा यसको राजधानी मेडेलिन थियो। कोलम्बियाले ६० वर्ष भन्दा धेरै भोगेको सशस्त्र द्वन्द्वले यसलाई नराम्ररी गाँजेको थियो। त्यहीँ क्वाडरार्डोको परिवारलाई बढ्न सहज थिएन। 

सानै उमेरमा क्वाडरार्डोले गोली चलेको सुनियो भने खाटमुनी गएर लुकिहाल्न पर्छ भन्ने आमाबाबुबाट सिकेका थिए। त्यसरी नै एक पटक गोलीको आवाज सुनेर खाटमुनि लुक्दा उनले आमा मार्सेला रोएको सुने। ठीक त्यतिखेर उनका पिताको हत्या भएको थियो। उनका पिता सामान पुर्‍याउने ट्रकका चालक थिए। 

युभेन्टसका यी खेलाडीलाई आफ्नो पिताको थोरै मात्रै सम्झना छ। पिताकै सम्झनामा प्रत्येकपल्ट उनले गोल गरेपछि आफ्नो दुवै हात आकाशतर्फ फैलाउँछन्।

पिताको मृत्युले क्वाडरार्डोको परिवारलाई अर्को दिशातर्फ लग्यो। उनको स्याहार काकाले गर्न थाले। त्यतिखेर उनकी आमा सोमबारदेखि शुक्रबारसम्म अपार्टाडोमा केरा खेतीमा काम गर्न जान्थिन्। आमाले उनलाई विद्यालय लैजान्थिन्। विद्यालयमा क्वाडरार्डो कक्षामै सुतिदिन्थे। उनी हजुरआमासँग आमाले माया गर्नुहुन्न भनेर गुनासो गर्थे। ‘मलाई आमाले किन फुटबल खेल्न दिनुहुन्न’ भनेर हजुरआमासँग सोध्ने गर्थे।

Ncell 2
Ncell 2

‘मैले उसलाई विद्यालय पठाउँथे तर, ऊ फुटबल खेलेर यत्तिकै घर आउने गर्थ्यो’ आमा मार्सेलाले भनेकी छिन्, ‘मैले उसलाई पिट्थेँ, किनभने उसको फुटबलको कुनै काम थिएन।’

क्वाडरार्डोले सानै उमेरबाट फुटबलमा आफ्नो कला देखाउन थालिसकेका थिए। उनी ढुंगा वा बल जे भेट्यो त्यसैलाई लात्तिले हान्दै दौडन्थे। त्यसपछि मात्रै उनकी आमाले उनको भविष्य के हो बुझिन्। उनको रुचि बुझिन्। उनलाई पहिले नेकोक्ली र त्यसपछि अपार्टाडोको फुटबल सिकाउने ठाउँमा भर्ना गरिदिइन्। तर, फुटबल खेल्न चाहेमा पढाइ छोड्न नपाउने उनको शर्त थियो। 

क्वाडरार्डो बच्चामा धेरै फुर्तिला थिए। एकदिन उनले बाटोमा फुटबल खेल्दा आफ्नो प्रतिस्पर्धीलाई हिर्काइदिए। त्यसपछि आमाले उनको फुटबल बुट एक महिनाको लागि थन्क्याइदिइन्। आमाले खेल्न दिन रोकेपनि विस्तारै उनको खेल कौशलबारे चारैतिर हल्ला फैलिन थालिसकेको थियो। उनलाई नेल्सन गालेगोले डेपोर्टिभो कली क्लबमा लिएर गए।  

‘क्वाडरार्डो मसँग धेरै वर्ष बस्यो, मैले उसलाई कसरी स्वावलम्बी हुने, कसरी खाना पकाउने, कसरी पढ्ने, यस्ता सबै कुरा व्यवस्थापन गर्न सिकाएँ’ उनी भन्छन्।

क्वाडरार्डो कलीमा जाँदा १२ वर्षका मात्र थिए। त्यसैले पनि होला उनी त्यहाँ लामो समय टिकेनन्। उनको उचाइ कम भएकोले अस्वीकृत भएका थिए। त्यो समयमा उनी जम्मा ४ फिट ४ इन्च अग्ला थिए। अहिले उनी ५ फिट ९ इन्च छन्। अर्को क्लब रिभरप्लेटले उनमा चासो देखायो र पछि उचाइ थोरै भएकै कारण पछाडि हट्यो। तर, मेडेलिन क्लबले उनलाई खोजी गर्‍यो र प्रशिक्षक ग्यालेगो सान्टियागो इस्कोबारले उनलाई मन पराए। इस्कोबार भन्छन्, ‘मैले उनको प्रतिभा थाहा पाएँ र उनले विश्वको कुनै पनि ठूलो टिममा खेल्छन् भन्ने त्यतिखेरै लागेको थियो।’

उनले व्यावसायिक खेलको सुरुमा विंग ब्याकको रुपमा खेले र पछि मेडेलिनले उनलाई अगाडि पनि खेलायो। सन् २००९ मा युडिनेज क्बलको आँखामा उनी परेपछि उनी त्यहाँ आबद्ध भएका थिए। 

व्यावसायिक रुपमा आबद्ध भएपछि उनले सबैभन्दा पहिले आमा मार्सेलालाई आफैंसँग बस्न र उनलाई अरु काम नगर्न आग्रह गरे। युडिने, लिस, फियोरेन्टिना, चेल्सी र अहिले युभेन्टस उनी जहाँ खेल्न जान्छन् त्यहाँ आमासँगै हुन्छन्।

कोलम्बिया राष्ट्रिय टिमको लागि सन् २०१० मा हेर्नान डेरियो गोमेजको प्रशिक्षकत्वमा उनले डेब्यु गरे र भेनेजुएलाविरुद्ध गोल पनि गरे। पछि जोसे पेकेरम्यानले उनलाई उचित मौका दिए। क्वाडरार्डोलाई क्यामिलो जुनिगाको पछाडि वाइड मिडफिल्डरको रुपमा खेलाए। त्यसपछि उनलाई फरवार्डको रुपमा विकास गरे र अहिले उनी कोलम्बियाको लागि विंगरको रुपमा खेल्छन्। 

अहिले पनि क्वाडरार्डो जब गोल गर्छन् आफ्नो दुवै हात आकाशतिर फर्काउँछन् र पितालाई सम्झिन्छन्। सिरि ए मा यो सिजन क्वाडरार्डोले त्यसरी गोलपछि हात आकाशतिर फर्काएर आफ्ना पिता सम्झन पाएका छैनन्। सिरि ए मा १७ खेल र च्याम्पियन्स लिगमा पाँच खेल, कोपा इटालियामा दुई र सुपर कोपामा एक खेल खेलिसक्दा उनी गोलविहीन छन्। १३ गोलका लागि अवसर भने बनाएका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्