काठमाडौं– बाघको छालासहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले सल्यानको बागचौर नगरपालिका–९ बस्ने २९ वर्षीय सन्दिप डाँगी र सल्यानकै शारदा नगरपालिका–१५ का ३७ वर्षीय इन्द्रबहादुर थापा विकलाई पक्राउ गरेको हो।
उनीहरुलाई मंगलबार तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोला भन्ने ठाउँबाट पक्राउ गरिएको हो।
बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोठी खोलामा रा ४ प ८८४७ नम्बरको मोटरसाइकलमा जाँच गर्नेक्रममा पक्राउ गरेकाे थियाे।
डाँगीले बोकेको झोलाभित्र ४ फिट ५ इन्च लम्बाई, १ फिट चौडाई भएको बाघको छाला बरामद भएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।