काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक आह्वान गरेको छ ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि नेकपा प्रचण्ड–माधव समूहले आज संसदीय दलको बैठक बोलाएको हो ।
अपराह्न ४ बजे बस्ने बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेलगत्तै बैठक बोलाएर ओलीलाई संसदीय नेताबाट हटाएर पुष्पकमल दाहाल (प्रचण्ड)लाई नेता चयन गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।