काठमाडाै–सर्वोच्च अदालतको फैसला लोकतन्त्र, संविधान र नेपाली जनताको पक्षमा रहेको भन्दै यसले नेपाली जनतामा अदालतप्रतिको आस्था र विश्वास अझ बढाएको नेपाल विद्यार्थी संघले बताएको छ।
संघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस र यसका भातृ संस्था सधै विधिको शासनको पक्षमा रहने, सधैं अदालतको निर्णयको सम्मान गर्ने बताएका छन् ।
संघका महामन्त्री बलदेव तिमल्सिनाले फैसलापछि जनताले जितेको दिन भन्दै सर्वसत्तावादी र प्रतिगामी ओलीको असंवैधानिक कदमलाई वदर गर्दै सर्वोच्च अदालतबाट आएको फैसला स्वागतयोग्य रहेको बताए । विधिलाई मिच्ने र अधिनायकवाद लाद्न खोज्ने जो कोहीलाई पनि लोकतन्त्र र विधिको शासन अगाडि घुँडा टेक्न बाध्य बनाइने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।