काठमाडौं–इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा जित निकालेको छ। चेल्सीले पहिलो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको हो।
चेल्सीले एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा पराजित गरेको हो। चेल्सीको जितमा ओलिभर जिराउडले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै जित निकालेको हो। स्पेनिस ला लिगामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहँदै आएको एथ्लेटिको मड्रिडले चेल्सीविरुद्ध भने राम्रो खेल्न सकेन।
सुरुवाती समयदेखि नै दबाबमा खेलेको एथ्लेटिको मड्रिडले खेलको ६८ औं मिनेटमा गोल खायो। जिराउडले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाए। बाँकी समयमा एथ्लेटिको मड्रिडलाई रोक्दै चेल्सीले जित निकालेको हो।
चेल्सीले अब घरेलु मैदानमा एथ्लेटिको मड्रिडसँग मार्च १८ मा प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।