काठमाडाै–नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले देशका केही भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागको मौसम सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्ट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।