काठमाडौं– मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मोरङको कटहरी गाउँपालिका–४ घर भई काठमाडौं चक्रपथ बस्ने ३५ वर्षीय रामकुमार चौधरीलाई चावहिलस्थित स्तुपाबाट पक्राउ गरेका हो।
चौधरीले १४ जना महिलालाई दुबई पठाउन लागेका थिए। चौधरीसहितको समूहले भारतको सिलगुढीस्थित सविन शाहको कोठामा पुर्याई १७ दिन राखि श्रीलंका पुर्याएका थिए।
श्रीलंकामा अलिआक्स भन्ने मान्छेलाई भेट गराई उनकै अपार्टमेन्टमा लगेर २ महिनासम्म बन्धक बनाई १४ महिलालाई राखिएको थियो।
बन्धक भएका महिलाहरुले आफूहरुलाई नेपाल फर्काउ नत्र प्रहरीलाई खबर गर्छौ भनेपछि अलिआक्सले राहदानी फिर्ता दिई मुक्त गराएका थिए।
बन्धक भएका महिलाहरु २०७३ साउन २३ गते नेपाल फर्किएका थिए। उनीहरु मध्ये एक महिलाले दुबई पठाउन भूमिका खेल्ने चन्द्रप्रकाश राई सबिन शाह र हाल पक्राउ परेका चौधरीविरुद्ध जोहरी दिएका थिए।
राई र शाह पहिला नै पक्राउ परी मानव बेचबिखन मुद्दामा पुपक्र्षमा कारागारमा रहेका छन्। चौधरी भने फरार हुँदै आएका थिए।
उनीविरुद्ध मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको ब्यूरोका प्रवक्ता डिएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।