काठमाडौं–नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले मौसममा आंशिक बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार देशका केही पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
मंगलवार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।