काठमाडाैं– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो परीक्षण सुरु भएको छ। आयोजनाको साढे २६ किलोमिटर सुरुङमा सोमबारबाट फेरि पानी भरेर परीक्षण सुरु गरिएको हो।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएकाे आयोजनाले बताएको छ।
खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, शहरी विकास राज्य मन्त्री रामवीर मानन्धर र पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ लगायतको टोलीले स्विज थिचेर पानी भर्न थालिएको हो।

आयोजनास्थल अम्बाथान सुरुङमानै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो।
गत असार २१ गतेबाट पानि परीक्षण सुरु गरेको आयोजनाले ३० गते १७ नम्बर गेट फुटेर परीक्षण स्थगित गरिएको थियो। सो घटनामा २ जनालाई खालाले बगाएको समेत थियो। २ मध्य १ जनाको शव फेला परेको छ भने १ जनाको शव शव अझै फेला परेको छैन।

आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक ९एडीबी०को अनुदान सहयोग अन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो।
‘विशेषज्ञहरूले निरीक्षण गर्नुभयो, उहाँका महत्त्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको छ,’ आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले भने।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए। परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ। उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालहरूसँग समन्वय गरिएको छ।
कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ। शुरूआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए। त्यस्तै पानी परीक्षणको शुभारम्भ गर्दै मन्त्री थापाले पानी काठमाडौ लगेर वितरण गर्न सकयो भने ठूलो उपलब्धि हासिल हुने बताए।

उनले आयोजनाको बारेमा आफुलाई खासै ज्ञान नभएको भन्दै सचिब र इन्जिनियर हरुसँग समन्वय गरिरहेको बताए।
यसै क्षेत्रका विघठित प्रतिनिधि सभाका सांसद शेरबहादुर तामाङले पानि पथान्तरण गरिसकेपछि जिल्लाबासिले पाउने लेभिको टुङ्गो छिट्टै लाग्ने विस्वास ब्यक्त गरे। उनले पानी लगिसकेपछि काठमाडौंले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।