काठमाडाैं– नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
पहिलो संस्करणको ‘नेपाल सुपर लिग’मा विभिन्न प्रदेशको प्रतिनिधित्व हुने गरी सहरहरुको फ्रेन्चाइज टिमको सहभागिता हुने आयोजकले जनाएका छन्।
टिमको नाम र टिम मालिकलगायत जानकारी यसै महिना दिइने आयोजनको भनाइ छ।
अक्सनको माध्यमबाट टिम बनाएर खेलाडीलाई विभिन्न टिममा समावेश गरिने बताइएको छ। प्रतियोगितामार्फत निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराएर खेलाडी र फुटबल खेललाई थप व्यवसायिक बनाउने उद्देश्यले प्रतियोगिता गर्ने योजना बनेको आयोजकले जनाएका छन्।
हरेक टिममा विदेशी खेलाडीको पनि सहभागिता रहने र राउण्ड रोविन लिग फम्र्याटमा आयोजना हुने प्रतियोगितामा १९ खेलहरु हुनेछन्। एक टिममा वभिन्न श्रेणीका २० खेलाडी रहने छन्। खेलाडीको श्रेणी एन्फाको सहयोगमा छुट्याइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।