डडेल्धुरा– डडेल्धुरामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। जिल्लाको गन्यापधुरा गाउपालिका–४ कैलपालमाण्डौको भुवनेश्वरी माविमा अध्ययनरत सुस्त मनस्थितिकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन्। आरोपी सोही विद्यालयका शिक्षकलाई पक्राउ गरी डडेल्धुरा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुवै जनाको स्वास्थ्य परिक्षण गरिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको जानकारी दिए।
विद्यालयको फरकधारतर्फ अध्ययनरत १० वर्षीया बालिकालाई सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले जबरजस्ती गरेको आरोप छ।
फरक क्षमता भएका विद्यार्थीको आवसनजिकै बस्दै आएका ४२ वर्षका शिक्षकले शनिबार बालिकालाई जबरजस्ती गरेको स्थानीयको आरोप छ। शिक्षकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।