काठमाडौं–गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले तीन जना मृत फेला परेको पुष्टि गरे । उनका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमार गुरुङ र १३ वर्षीया उषा गुरुङ छन् ।
सोमबार अबेरसम्म पनि कोही पनि नउठेपछि स्थानीय डिलबहादुरको घरमा पुगेर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि बारपाक प्रहरी चौकी घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा मृतकको मुखबाट फिँज आइरहेको पाइएको एसपी गुरुङले नेपाल लाइभलाई जानकारी दिए ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जौबारीबाट टोली गएको एसपी गुरुङले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।