काठमाडाैं– स्पेनिस लालिगामा यसै सिजन उक्लिएको काडिजले बार्सिलोनालाई बराबरीमा रोकेको छ।
आइतबार घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना काडिजसँग १–१ को बराबरीमा रोकिएको हो।
खेलको ३३औं मिनेटमा पेड्रीलाई लडाएपछि पाएको पेनाल्टीमार्फत बार्सिलोना अग्रता लिएको थियो। उक्त पेनाल्टी कप्तान लिओनल मेसीले सदुपयोग गरेका थिए।
तर खेल सकिन केही मिनेट बाँकी रहँदा काडिजले बार्सिलोनालाई बराबरीमा रोक्यो। उसका लागि एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत गाेल गरे।
याेसँगै बार्सिलाेना २३ खेलबाट ४७ अंक साथ तेस्राे स्थानमा यथावत् छ।
यता काडिज समान खेलबाट २५ अंक जाेडेर १४ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।