फाइल तस्बिर
काठमाडाैं– महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले देशभरका कारागारमा कैदीको भिड हुनुमा अपराधमा भएको वृद्धि र अदालतको न्याय सम्पादन प्रक्रिया मुख्य कारण भएको दावी गरेका छन्। महान्यायाधिवक्ताको रुपमा तीन वर्षका उपलब्धि सार्वजनिक गर्दै खरेलले यस्तो टिप्पणी गरेका हुन्।
महान्यायाधिवक्ताका रूपमा आफू आएपछि सरकारी वकिलहरूको वृत्ति विकास र कार्यालयहरूको पूर्वाधार निर्माणमा ध्यान दिएको उनको दाबी छ।
‘आगामी दिनमा पनि सरकारी वकिलहरुको सेवा विशिष्टीकृत बनाउन पहल गर्नेछौं,’ उनले भने, ‘आगामी दिनमा अरु २ वटा विधिविज्ञान प्रयोगशाला बनाउने र निरन्तर सुनुवाईलाई अझै प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु।’

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूको सम्पत्ति जफतमा पनि महान्यायाधिवक्ता कार्यालयले विशेष भूमिका खेल्ने खरेलले बताए। बालसुधार गृहलाई सुधार गर्न समेत पहल हुने उनको भनाइ छ। २६औँ महान्यायाधिक्ताको रुपमा आएका खरेलले आफ्नो कार्यकालमा ४ अर्ब रकम खर्च भएको समेत बताएका थिए।
कार्यक्रममा मौलिक हक कार्यान्वयनका क्रममा सर्वोच्च अदालतबाट भएका व्याख्या र प्रतिपादन भएका आदेश कार्यान्वयन अवस्थाका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।