संकेतिक तस्बिर
म्याग्दी- म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ परेका छन्।
अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।
प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई जापान पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।