न्युयोर्क- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको दावी गरेका छन्। महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षाजस्ता मुद्दा सुल्झाउन/सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन्।
बिबिसीमा दिएको अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका थिए। अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको बताइएको छ।
अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौँ निर्णयलाई उल्टाइएको छ। -रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।