• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेस्सी लैजाने प्रयासमा फेरि लाग्यो म्यानचेस्टर सिटी

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ७, २०७७  १२:५०
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई लैजानका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीले फेरि प्रयास थालेको छ। यो सिजनको सुरुवातअघि मेस्सीले क्लब छाड्ने घोषणा गर्दा सिटी उनलाई लैजान निकै अघि पुगिसकेको थियो, तर त्यसबेला सफल हुन सकेन। 

मेस्सीको फुटबल जीवनको अन्तिम वर्षहरुमा उनले बनाइरहेको उपाधिको सपना अहिलेकै अवस्थामा बार्सिलोनामा पूरा हुने देखिँदैन। यसैले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग खेलमा फ्रेन्च क्लब पिएसजीसँग ४-१ ले पराजित भएपछि मेस्सीले बार्सिलोना छाड्ने चर्चा फेरि उचाइमा पुगेको छ। म्यानचेस्टर सिटीसँगै पिएसजीले पनि उनलाई लैजाने इच्छा देखाएको खबर आइरहेका छन्। 

गएको सिजन सकिएपछि मेस्सीले बार्सिलोना छाड्ने बताएसँगै उनलाई लैजान म्यानचेस्टर सिटी नै सबैभन्दा नजिक पुगेको थियो। सिटी जाने सोचमा मेस्सी पनि सकरात्मक थिए। सिटी प्रशिक्षक पेप गार्डिओलासँगको कुराकानीमा उनी सहमति नजिक पुगेका थिए। तर, बार्सिलोनाले आफ्ना स्टार खेलाडीलाई क्लब छाड्न दिएन। महँगो रिलिज क्लजका कारण सिटीले ठूलो रकम तिर्न सक्ने कुरा थिएन। 

मेस्सीले आफैं हुर्केको क्लबविरुद्ध मुद्दामामिला गर्न नचाहेको र एक सिजन बार्सिलोनामा नै रहने बताउँदा बार्सा समर्थक खुसी भए। तर, मेस्सी जाने लगभग पक्का भइसकेको म्यानचेस्टर सिटीलाई त्यसबेला नमजा भयो। यद्यपि, बार्सिलोनामा मेस्सी रहँदा देखिएको राहत लामो समय रहनेछ भन्नेमा शंका देखिन्छ। 

म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिओला पनि खेलाडी किनबेचको आउँदो समय मेस्सीका लागि प्रयास गर्नुपर्ने मनस्थितिमै छन्। म्यानचेस्टर सिटीका फुटबलमा मुख्य कार्यकारी अधिकारी ओमर बेराडा पनि समर्थकहरुले मेस्सी आउने कुरा अहिले नै नभुलेको बताउँँछन्। यदि मेस्सी बार्सिलोना छाड्न चाहन्छन् र उनको बिक्री किन्न मिल्ने शैलीको हुनेछ भने आफूहरु अघि बढ्ने उनले बारम्बार बताइरहेका छन्। 

गएको सिजनको अन्त्यमा आफूले क्लब छाड्न चाहेको र त्यसका लागि वातावरण बनाउन भन्दै क्लबलाई बुरोफ्याक्समार्फत् जानकारी गराएको १० दिनपछि मेस्सीले सार्वजनिक रुपमा गोल स्पेनसँगको अन्तर्वार्तामा बोल्दै एक सिजन बार्सिलोनामा नै रहने बताएका थिए। 

मेस्सीले पछिल्लो पटक सन् २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा उल्लेख भएको थियो। तर, बार्सिलोनामा एक वर्षको सम्झौता बाँकी रहेका मेस्सी लैजानका लागि ७०० मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने बार्सिलोना व्यवस्थापनको भनाइका कारण म्यानचेस्टर सिटीलाई मुस्किल भएको थियो। 

आफू बार्सिलोनामा नै रहने बताएसँगै मेस्सीले पुरानै शैलीमा मैदान फर्कने र जितको विश्वासमा अघि बढ्ने बताएका थिए। उनले समर्थक र क्लब सम्बद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। विशेषगरी मेस्सीको चाहना युरोपियन प्रतिस्पर्धाको उपाधि जित्नेमा नै केन्द्रित देखिन्छ। जुन बार्सिलोनामा पछिल्ला वर्ष मुस्किल भइरहेको छ। 

Ncell 2
Ncell 2

पछिल्ला वर्ष च्याम्पियन्स लिगमा युभेन्टस, रोमा, लिभरपुल, बायर्न म्युनिक र अहिले पिएसजीसँग बार्सिलोनाको हविगत मिल्दोजुल्दो देखिन्छ। प्रशिक्षक लुइस इनरिक हुँदै भालभर्दे, सेटियन र अहिले कोम्यानसम्म युरोपियन प्रतिस्पर्धामा यकिन देखिँदैनन्। खेलाडीहरु च्याम्पियन्स लिगको मैदानमा कमजोर मनस्थितिमा देखिन्छन्। अत्तालिएको खेलाडीको अवस्थाले धेरै आलोचना मेस्सीकै हुने गरेको छ। 

यसैले आउने सिजन मेस्सी बार्सिलोनामा हुने छैनन् भन्ने विषयले चर्चा पाइरहेको छ। त्यसमा प्रमुख रुपमा जोडिन्छ, म्यानचेस्टर सिटी नै। मेस्सीले यसअघि सिटी जाने मनस्थिति बनाउनुको प्रमुख कारण गार्डिओला नै थिए। यसैले अहिले गार्डिओलाको समय थप भएसँगै मेस्सी सिटी जाने सम्भावना बढेको विश्लेषणले आधार पाइरहेको छ। सिटीमा आवश्यक देखिएको परिवर्तनको कार्यभार गार्डिओलामाथि नै पर्दा उनका लागि मेस्सी प्रमुख पात्र हुन सक्छन्। 

प्रिमियर लिगमा बलियो बनिरहेको सिटीका लागि च्याम्पियन्स लिगमा मिल्न सक्ने जितको आधार मेस्सी नै हुन सक्छन्। मेस्सीले के गर्छन् भन्ने विषय बार्सिलोनामा हुने नयाँ चुनावसँग पनि जोडिएको छ। बार्सिलोना अध्यक्षमा हुने नयाँ चुनावपछि को आउँछन् भन्ने विषय मेस्सीसँग जोडिएको छ। 

बार्सिलोना अध्यक्षका सबैजसो प्रत्याशीले मेस्सीलाई बार्सिलोनामा नै रोक्ने आफ्नो प्रमुख एजेन्डा बनाइरहेका छन्। मेस्सीलाई बार्सिलोनाले रोक्न चाहनुसँगै उनलाई लैजाने दौडमा सिटी बाहेकका क्लब पनि छन्। नेमारले व्यक्तिगत रुपमा पनि मेस्सीसँगै खेल्ने इच्छा देखाउँदै उनलाई पिएसजी लैजानेमा जोड गरिरहेका छन्। 

अब मेस्सीले क्लब छाड्ने मनस्थिति बनाएमा पिएसजी र सिटीमध्ये एक क्लब नै उनले रोज्ने अनुमान बढेका छन्। त्यसमा गार्डिओलाका कारण उनी सिटी जानसक्ने आधारमा बल बढी देखिन्छ। 

सिटीका लागि अब मेस्सी लैजानुमा ठूलो रकम बाधक हुने छैन। मेस्सीसँग उनी सन्तुष्ट हुने तलब सम्झौताबाहेक अन्य झन्झट सिटीलाई हुने छैन। सिटीमा मेस्सीमाथिको आश प्रिमियर लिगमा भन्दा बढी च्याम्पियन्स लिगलाई लिएर छ। गार्डिओलाले सिटीलाई च्याम्पियन्स लिगमा राम्रो गराउन नसकिरहँदा मेस्सीको आगमन टिमका लागि फरक स्वादसँगै आत्मविश्वास पनि हुनेछ। 

गार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा सन् २००८ देखि २०१२ सम्मको समय मेस्सीका लागि पनि उत्कृष्ट समय हो। जुन समय मेस्सीले १३६ खेलमा १३८ गोल र ५५ असिस्ट गरेका थिए। त्यो त्यही समय युरोपियन प्रतिस्पर्धामा रहेका अन्य खेलाडीको तुलनामा सबैभन्दा उत्कृष्ट हो। 

३३ वर्षका मेस्सी अहिले सिटीमा गएर उस्तै अपेक्षा नहोला तर, उनी अझै मैदानमा ‘प्ले मेकर’ नै छन्। बार्सिलोनामा बढिरहेका मेस्सीका लागि सिटीको शैली पनि अमिल्दो छैन। त्यसमा गार्डिओलाले टिमको शैली मेस्सी अनुरुप विकास गर्ने नै छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन आवश्यक छ औषधि खाने सही समय ?
‘सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रसहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो’ : आयोग
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? शनिबार, फागुन ९, २०८२
‘सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रसहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो’ : आयोग शनिबार, फागुन ९, २०८२
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु शनिबार, फागुन ९, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्