• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नियुक्ति लिइसकेपछि सेवासुविधा बढाउन ग्रिड कम्पनीका सिइओको दबाब

64x64
सविन मिश्र बुधबार, फागुन ५, २०७७  २१:५८
1140x725

काठमाडौं- राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएलगत्तै डा नेत्रप्रसाद ज्ञवालीले आफ्नो तलब सुविधा करिब ५० प्रतिशतले बढाउन प्रस्ताव गरेका छन्। ४ वर्षअघि पहिलो कार्यकालका लागि नियुक्त भएका सह-प्राध्यापक ज्ञवाली अघिल्लो साता दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट सिइओ नियुक्त भएका थिए। 

ज्ञवालीले चार वर्षको अवधिमा तलब सुविधा परिमार्जन नभएको तर यही बीचमा निजामती कर्मचारीको तलब दुई पटक बढेको भन्दै आफ्नो तलब पनि बढ्नुपर्ने तर्क अघि सारेका छन्।

गत आर्थिक वर्षमा सरकारले राजपत्र अनंकित श्रेणीका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशतका दरले तलब बढाएको थियो। त्यसअघि आर्थिक वर्ष २०७३/७४ मा कर्मचारीको तलब २५ प्रतिशतले बढाइएको थियो। ज्ञवालीले आफूले अहिले पाउने सुरु तलबमा यी सबै जोडेर सुविधा परिमार्जन गर्न सञ्चालक समिति सदस्यहरूलाई दबाब दिइरहेका छन्।

ज्ञवालीले अहिले मासिक ४५ हजार तलब सुविधा, त्यसमा २ सय प्रतिशत भत्ता र कार्यसम्पादनमा आधारित भई ७२ प्रतिशतसम्म भत्ता पाउँछन्। उनले अब मासिक ४५ हजार तलबमा दुई पटकको वृद्धि समायोजन गरेर ६४ हजार रूपैयाँ पुर्‍याउन लबिङ गरिरहेका छन्। 

'उहाँले आफू दोस्रो कार्यकालका लागि नियुक्त भएको र पहिलेको सेवा सुविधाले अब नपुग्ने भन्दै तलब वृद्धिको प्रस्ताव गर्नुभएको हो,' सञ्चालक समिति स्रोतले भन्यो।

ज्ञवालीले कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ताबाहेक पनि मासिक १ लाख ३५ हजार रूपैयाँ तलब पाउँछन्। उनले भनेअनुसार सञ्चालक समितिले तलब बढाएमा उनको मासिक तलब १ लाख ९२ हजार रूपैयाँ पुग्नेछ। 

'उहाँले आफू दोस्रो कार्यकालका लागि नियुक्त भएको र पहिलेको सेवा सुविधाले अब नपुग्ने भन्दै तलब वृद्धिको प्रस्ताव गर्नुभएको हो,' सञ्चालक समिति स्रोतले भन्यो, 'प्रतिस्पर्धाबाट आउने बेलामा यो कुरा ख्याल नगर्ने र नियुक्त भएपछि तलब वृद्धिको कुरा गर्नु ठिक हुँदैन भनेर हामीले भनेका छौँ।' 

ज्ञवालीले आफ्नो सेवासुविधा वृद्धिमा 'कन्भिन्स' गराउन माघ ३० गते ल्होसारको दिन सञ्चालक समितिका सदस्यहरूसँग 'डिनर' मिटिङ गरेका थिए। त्यतिबेला उनीहरूले ज्ञवालीको प्रस्तावमा सहमत हुन सक्ने/नसक्ने बारे केही पनि उल्लेख गरेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार ज्ञवालीले गत वर्ष २७ लाख ३८ हजार रूपैयाँ तलब र भत्ता बुझेका छन्। यसबाहेक उनले उपदान, औषधि तथा दुर्घटना बिमा, टेलिफोन सुविधा र बिदा वापतको सुविधा पाउँछन्। त्यसका अतिरिक्त सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत उनले १ लाख ३५ हजार रूपैयाँ बैठक भत्ता पनि लिएका छन्। 

ज्ञवालीले भनेअनुसार सञ्चालक समितिले तलब बढाएमा उनको मासिक तलब १ लाख ९२ हजार रूपैयाँ पुग्नेछ। 

कम्पनीले कर्णाली करिडोरअन्तर्गत कमदिव-फुकोट ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको जिम्मा पाएको भए पनि अहिलेसम्म जग्गा प्राप्तिको काम टुंग्याउन सकेको छैन। यस्तै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम पनि सकिएको छैन।

त्यस्तै ४०० केभी क्षमताको भेरी करिडोरको पनि पूर्वतयारीको काम सकिएको छैन। यसैगरी ४०० केभी क्षमताको पश्चिम सेती करिडोरको अध्ययन पनि कम्पनीले अहिलेसम्म सकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अरुण नदी करिडोरमा निर्माण भइरहेका तथा निर्माण हुने जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने हाइटार सितलपाटी (अरुण करिडोर)सम्म ४०० केभी प्रसारण लाइन आयोजना पनि कम्पनीकै जिम्मामा छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र एनइए इञ्जिनियरिङ कम्पनीबीच १६ डिसेम्बर २०१८ मा सम्झौता भए पनि अहिलेसम्म विस्तृत सर्भेको काम सकिएको छैन। 

'लफडा'मा परेको एचआइडिसिएलमा नियुक्ति प्रक्रिया सुरु
सरकारले जलविद्युत उत्पादन, प्रसारण र इन्जिनियरिङ क्षेत्रको अलगअलग विकासका लागि फरक-फरक कम्पनी खोल्यो। त्यस्तै एउटा कम्पनी छ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)। यो कम्पनीका तत्कालीन् प्रमुख कार्यकारी अधिकृत छवि पोखरेलले सरकारले शेयर लगानीका लागि दिएको पैसा बैंकमा राखेर ब्याज मात्रै लिएपछि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। 

महालेखाले सरकारले दिएको साढे ५ अर्ब रूपैयाँको ब्याज असुल गर्नुपर्ने ठहर गरेको छ। सरकारले एचआइडिसिएलको पुँजी वृद्धि योजनाविना आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरी ५ अर्ब ५० करोड सेयरमा लगानी गर्ने निर्णय गरी रकम निकासा दिएको थियो। सेयरमा लगानी गर्न सरकारले दिएको यो रकम कम्पनीले सेयर पुँजीमा नदेखाई ‘एड्भान्स अन सेयर’मा उल्लेख गरी बैंकमा राखेर ब्याज कमाएको थियो। 

कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत छवि पोखरेलको कार्यकाल सकिएपछि नयाँ सिइओको खोजी भएको छ। पोखरेलले आफ्नो कार्यकालमा सरकारी लक्ष्यअनुसार जलविद्युत आयोजनामा ऋण तथा स्वपुँजी लगानी गर्न नसकेको भन्दै सरकारले असन्तुष्टि राख्दै आएको थियो। सिइओ पोखरेलले एक वर्षमा तलब र अतिरिक्त भत्ता बापत करिब ५४ लाख रूपैयाँ बुझेका थिए। 

विद्युत प्राधिकरणमा खुसुक्क नियुक्ति
सरकारले पुस २६ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्‍यो। भदौ २८ गते तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको अवकाशपछि सरकारले प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने भन्दै सुरुमा लेखनाथ कोइरालालाई निमित्त र पछि शाक्यलाई कायममुकायम जिम्मेवारी दिएको थियो। 

सुरूमा प्रतिस्पर्धाको अडान राखिरहेका मन्त्रीहरू पछि खुसुक्क नियुक्तिको बाटोमा लागे, प्रतिस्पर्धा भएन। विना प्रतिस्पर्धा नियुक्ति गर्दा उनले पाउने सेवा सुविधा बाहिर आउँदैन। 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  २१:५८
  • #राष्ट्रिय_प्रसारण_ग्रिड_कम्पनी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्