काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ को खेल अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लबले लिभरपुलले जर्मन क्लब लाइपजिगलाई २–० ले हराएको छ। लिभरपुलको जितमा सलाह र मानेले गोल गरे।
पहिलो हाफ गोलरहित रहेको खेलको ५२औँ मिनेटमा सलाहको गोलमा अग्रता लिएको लिभरपुलका लागि ५८औँ मिनेटमा मानेले दोस्रो गोल गरेका थिए। जितपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले आफूहरूले धेरैको अविश्वासलाई गलत सावित गरिदिएको बताएका छन्।
‘पछिल्लो अवस्थालाई हेरेर धेरैले हामी खेलमा कमजोर हुने अनुमान गरेका थिए। तर, खेलाडीले राम्रो गरे, त्यसमा म धेरै खुशी छु। यो खेल हाम्रा लागि जित्न निकै महत्वपूर्ण थियो’ उनले भने।
मंगलबार राति नै अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४–१ ले हराएको थियो। लिभरपुल र लाइपजिगबीचको दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।