काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अश्लील गाली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्युठानले नेपाली कांग्रेसका दुई कार्यकर्तालाई केही समय नियन्त्रणमा लिएर छाडेको छ।
नेविसंघका कार्यकर्ता पुनराम खत्री र सागर जिएमलाई सोधपुछ गरेर सोमबार छाडिएको प्युठानका प्रहरी प्रमुख सुनील मल्लले नेपाल लाइभलाई जानकारी दिए।
प्रदर्शनका क्रममा प्रधामन्त्रीविरुद्ध गाली गरेको भन्ने मौखिक उजुरी आएपछि सोभपुछ गरेर छाडिएको उनको भनाइ छ। प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार कांग्रेसले प्युठान सदरमुकाममा प्रदर्शन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।