काठमाडौं- १३ वर्षअघि नेपालबाट रुसमा अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीशहर नगरपालिका–१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका–३ पुलचोकबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनले नेपालबाट कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंको नामबाट र गोर्बाचेभा इरिना निकोलाभाना ८९, बिल्डिङ ४, बोलोट्निकोभस्काया मस्कोको ठेगानामा सन् २००८ मा चरेश पठाएका थिए।
ती चरेश विमानस्थलको एक्सरे मेसिनले जाँच गरेपछि प्रहरीले बरामद गरेको थियो। उक्त रचेश उनले रसियन नागरिक मिथाएल सुक्रपातलाई पठाइएको रसियन प्रहरीको अनुसन्धानले देखाएको थियो।
त्यसपछि करिब १२ वर्षपछि नेपाल प्रहरीलाई पत्राचार गरी उक्त चरेश पठाउने राउतलाई पक्राउ गर्न भनिएको थियो। करिब ५/६ महिना अघि रुसबाट पत्राचार भएको र लागूऔषध पठाउने भूमिका निभाएका राउतलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता फडिन्द्र प्रसाईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।