राजविराज- रमपम उदयपुर गोल्डकपको सोमबार भएको तेस्रो दिनको खेलमा मोरङलाइ ४–१ गोलले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ।
थ्रीस्टारका लागि मार्टिन्सले ३३ र ५९ मिने६मा गोल गरे। यस्तै अनन्त तामाङले ८२ र रुपेश श्रेष्ठले ८९ मिनेटमा गोल गरे। मोरङका लागि अमबालाले सान्त्वना गोल गरे।
खेलको म्यान अफ दि म्याच भएका थ्रीस्टारका मार्टिन्सले ७ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने भने उपविजेताको ३ लाख रुपैयाँ हात पार्नेछ। भोलिको खेल नेपाल पुलिस क्लब र सुनसरी ११ बीच हुनेछ।
जेठ ५ गते सम्म सन्चालन हुने रमपम उदयपुर गोल्डकपको पाँचौ सँस्करण सदरमुकाम गाइघाटको उदयपुर थरुहट रंगशालामा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।