काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित ३ जनालाई १ लाख ९० हजार रूपैयाँसहित पक्राउ गरेको छ।
स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव–इन्जिनियर प्रेमकुमार बराल र हल्का सवारी चालक मानसिंह पुन मगर समेतलाई पक्राउ गरेको हो।
अख्तियारको टोलीले उनीहरुलाई बागमती प्रदेश ०१–००२ झ ५३१८ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा रुपन्देहीको सैनामैना नगरपालिका-१० स्थित पूर्व-पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।