काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमलाई सहजरुपमा पराजित गरेको छ। शनिबार राति भएको खेलमा सिटीले टोटेनहमलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम टोटेनहमका लागि इल्के गुन्डोगनले दुई गोल गर्दा रोड्रीले एक गोल थपे। खेलको २३२ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रोड्रीले सिटीलाई अग्रता दिलाएका थिए। इल्के गुन्डोगनलाई पिइरे इमाइलले डिबक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो।
खेलको ५० औं मिनेटमा रहिम स्टर्लिङको पासमा गुन्डोगनले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए। ६६ औं मिनेटमा गुन्डोगनले अर्को गोल गर्दै सिटीलाई ३–० गोलको जित दिलाए। शनिबार राति नै भएका अन्य खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई ३–० गोलले पराजित गर्दा ब्राइटन र एस्टन भिल्लाले भने गोलरहित बराबरी खेलेका छन्।
यो जितसँगै सिटीले लिगको दोस्रो स्थानमा रहेको लेस्टर सिटीसँग सात अंकको अग्रता बनाएको छ। २३ खेलबाट ५३ अंक बनाउँदै सिटी लिगको शीर्ष स्थानमा छ। पराजित टोटेनहमको भने २३ खेलबाट ३६ अंक छ। लिगको दोस्रो स्थानमा रहेको लेस्टरको भने २४ खेलबाट ४६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।