काठमाडौं- महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्ध माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको छ। पद्मकन्या क्याम्पसका छात्राहरूले शनिबार दिउँसो मुखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले १० दिने पहिले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट, अढाई वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलगायतको घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। उनीहरू बलात्कारी हत्यारालाई सार्वजनिक गर्न समेत माग गरेका छन्।
उनीहरूले तिम्रो कानुन चाहिँदैन, छोरी मार्न पाइदैन, बलात्कारीलाई कारबाही गर, हत्यारालाई सार्वजनिक गर लगायतका नारा लगाएका थिए। उनीहरू काेही कालो र काेही सेतो कपडामा उपस्थित भएका छन्।
थप तस्बिर:




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।