बारा- यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालई पक्राउ गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी बारा प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
घटनास्थलबाट प्राप्त वस्तुको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।