काठमाडौं- चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।
बर्नलीविरुद्ध चेल्सीको जितमा टमी अब्राहमले गोल गरे। खेल अवधिभर बर्नलीविरुद्ध दबाब दिएर खेलेको चेल्सीले गोल भने दोस्रो हाफमा गरेको थियो। खेलको ६४ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई १–० गोलको जित दिलाए। त्यस्तै, बिहीबार राति नै भएको अर्को खेलमा वुल्भ्सलाई २–० गोलअन्तरले हराउँदै साउथह्याम्पटन पनि एफए कपको अन्तिम आठमा प्रवेश गरेको छ।
चेल्सीले बर्नलीलाई हराएसँगै एफए कपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। क्वार्टरफाइनलमा यसअघि नै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, एभर्टन, बर्नमाउथ, लेस्टर सिटी र शेफिल्ड युनाइटेड प्रवेश गरिसकेका थिए।
अब सेमिफाइनल प्रवेशका लागि म्यानचेस्टर सिटीले एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, बर्नमाउथ र साउथह्याम्पटन, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड तथा चेल्सी र शेफिल्ड युनाइटेड क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। क्वाटरफाइनल खेलहरु मार्च २० र २१ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।