धादिङ- धादिङको धुनीबेँसी नगरपालिकामा पर्ने खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३-०२-००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-५ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा सुरेश अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको र मोटरसाइकलमा सवार अधिकारी बाबुछोरा घाइते भएका थिए।
उपचारका लागि लाँदै गर्दा उनीहरू दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
सवारी साधनलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।