काठमाडौं– स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोना सेभियासँग २–० ले पराजित भएको हो।
घरेलु टिम सेभियाले बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो। सेभियाको जितमा बार्सिलोनाका पूर्वखेलाडी इभान राकिटिकले गोल गरे। त्यस्तै, अर्को गोल भने जुलेस काउन्डेले गोल गरे। खेलको २५ औं मिनेटमा जुलेसले गोल गर्दै सेभियालाई अग्रता दिलाए।
पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको सेभियाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। खेलको ८५ औं मिनेटमा राकिटिकले गोल गर्दै सेभियालाई २–० को जित दिलाए।
बार्सिलोनाले सेभियासँगको दोस्रो लेग मार्च ४ मा आफ्नै मैदानमा खेल्नेछ। त्यस्तै, स्पेनिस कोपा डेल रे फुटबलकै अर्को सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको क्लब र लेभान्टेबीच बिहीबार राति प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।