• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदर्शनको बलमा अदालत र आयोगमाथि दबाब बढाउने प्रयास

64x64
डिबी खड्का बुधबार, माघ २८, २०७७  २०:४६
1140x725

काठमाडौं- बुधबारको आमसभामा बोल्दै नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, 'आजको जनप्रदर्शनले अदालतलाई फैसला गर्न सहज बनाउँछ।'

यतिबेला सत्ताधारी नेकपा र सडक संघर्षमा रहेको नेकपाबीच जनप्रदर्शनको प्रतिस्पर्धा छ। प्रचण्ड-माधव पक्षको माघ ९ गतेको प्रदर्शनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते आमसभा गरे। त्यही २३ गतेका विरुद्ध फेरि बुधबार प्रचण्ड- माधव समूहले कार्यकर्ता उतारे।

बुधबारको प्रदर्शन आह्वान प्रधानमन्त्री ओलीविरुद्ध थियो। तर यो प्रदर्शनको अन्तर्य त्योभन्दा फरक देखियो। सम्बोधनको क्रममा नेताहरुले भनेजस्तै पार्टीको आधिकारिकता र ओलीको कदमका विषयमा विचाराधीन  मुद्दामा सम्बन्धित निकायमाथि दबाब बढाउनु देखिन्थ्यो।

प्रचण्ड-माधव समूहका मुख्य नेताहरुले आफ्ना अभिव्यक्ति यस्तै मुद्दामा केन्द्रित गरे। उनीहरुले भाषणमा प्रधानमन्त्री ओलीसँगै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई ‘टार्गेट’ बनाए।

नेकपा आधिकारिताको मुद्दा निर्वाचन आयोगमा छ भने प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ। सुरुदेखि नै प्रधानमन्त्री ओलीको 'सेटिङ' रहेकोमा सशंकित रहेको यो समूहले बुधबार मञ्चबाटै दबाब सिर्जना गर्ने प्रयास गर्‍यो। उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले मात्रै होइन, वरिष्ठ नेता झलनाथ खनालले आफ्ना अभिव्यक्तिमार्फत् अदालत र आयोगमाथि दबाब बढाउने प्रयास गरेका छन्।

अदालतलाई 'ग्रिन रिभोलुसन’को चेतावनी
नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन:स्थापनाका पक्षमा अदालतले फैसला नगरे आँधीहुरी नै आउने बताए। उनले अप्रत्यक्ष रूपमा सर्वोच्च अदालतमाथि दबाब बढाउने प्रयास गरे। प्रतिनिधि सभा पुन:स्थापनाका पक्षमा निर्णय नआए ‘ग्रिन रिभोलुसन’ हुने उनको भनाइ थियो।

‘तपाईंहरू ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा निर्णय दिनुहुनेछ', उनको भनाइ थियो। जसको अर्थ प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय हुन्छ। त्यसपछि उनले घुमाउरो रुपमा चेतावनी दिए, 'जनताको आकांक्षा विपरीत केही काम गरियो भने राम्रो हुँदैन। यो विद्रोहमा परिणत भयो भने के हुन्छ?’

Ncell 2
Ncell 2
nimb
nimb

यदि लोकतन्त्र (प्रतिनिधि सभा पुन:स्थापना)को पक्षमा निर्णय नभए आँधीहुरी आउने चेतावनी उनले दिए। यसक्रममा प्रचण्डले थपे, ‘त्यसो भएन भने आँधी आउँछ। हुरी आउँछ। हिजो सानो समूह (माओवादी)ले विद्रोह गर्दा के भयो? आज जनताले गर्दैछन्।’

न्यायाधीशले ओलीको सनकको भरमा भएको प्रतिनिधि सभा विघटनका पक्षमा फैसला गर्छन् भनेर आफूले नपत्याएको समेत उनले बताए।

आफूले  स्वतन्त्र न्यायपालिकामाथि  दिएको अभिव्यक्तिमा मानहानी मुद्दा लाग्नेमा समेत सचेत रहँदै उनले फेरि थपे, 'मैले यस्तो बोल्दा अपमान भयो भन्छन्। हाम्रो भरोसा छ। गर्ने त्यही हो। छिटो गर। काइते कुराको पछि नलाग। ठगी धन्दाको पछि नलाग भनेको हो।'

निर्वाचन आयोगमाथि शंकैशंका
प्रचण्डले निर्वाचन आयोगमाथि पनि शंका व्यक्त गरे। आयोगको लक्षण राम्रो नदेखिएको बताए। आयोगलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको भन्दै कसैको डर र धम्कीको भरमा आयोगले खुट्टा कमाउन नहुनेमा जोड दिए। उनले आयोगका केही व्यक्तिको भूमिकाप्रति शंका लागेको बताए।

‘केपी ओलीले आयोगमा गएर धम्क्याउनु भएछ र निर्वाचन आयोगचाहिँ अलिकति, आयोगका कोही-कोही मान्छे चाहिँ फेरि के हो के हो, अहिले बढी नबोलौं हैन। भन्यो भने फेरि बिग्रने हो कि! तर, निर्वाचन आयोगको लक्षण गतिलो देखाएको चाहिँ छैन है,' उनको भनाइ थियो, ‘निर्वाचन आयोग खुट्टा नकमाऊ। काइते कुराको पछाडि नलाग भन्या न हो हामीले। ठगी धन्दाको पछाडि लाग्ने? निरंकुशताको पछाडि लाग्ने?’

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा पुगेर धम्की दिएको भन्दै कसैको डर र धम्कीको भरमा आयोगले खुट्टा कमाउन नहुनेमा जोड दिएका छन्। उनले आयोगका केही व्यक्तिको भूमिकाप्रति शंका लागेको बताए।

प्रचण्डले पार्टीका ७० प्रतिशत सदस्य आफ्नो पक्षमा रहेकाले आयोगले सोही अनुसार निर्णय गर्नुपर्ने कुरा पनि बताए। उनले विवादको ३० दिनको समयका विषयमा ध्यानकर्षण गर्दै समयमा नै आयोगमा विवरण बुझाएको कुरा पनि स्मरण गराएका छन्।

‘७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै, हामीले सुरुमै गएर भनेको हो नि, हामी हो है आधिकारिक पार्टी। ३० दिन त के १० दिन पनि पुगेको थिएन, हामी जाँदा। अनि केपी ओलीले गएर धम्क्याउने बित्तिकै त्यसैलाई गएर हिसाब गरेर गयो भने तपाईंको पनि खुट्टी देख्छ जनताले। सजिलो नठान्नु होला। कसैले सजिलो नठाने हुन्छ। नेपाली जनतालाई हेप्नी गल्ती कसैले नगरे हुन्छ’, उनले आयोगमाथि दबाब सिर्जना गर्ने प्रयास गरे।

सभामा बोल्ने क्रममा प्रचण्डले संवैधानिक निकायले खेलाँची गर्न नहुनेमा पनि जोड दिएका छन्। उनले संवैधानिक निकायमा रहेकाले खेलाँची ठान्दिए देशसहित नेपाली जनताले दु:ख पाउने बताए।

त्यसअघि बोलेका अर्का अध्यक्ष नेपालले पनि निर्वाचन आयोगलाई लक्ष्य गर्दै निर्णय गर्दा ख्याल गर्न सुझाएका थिए। उनले निर्वाचन आयोगले बहुमतको निर्णयलाई कार्यान्वयन नगरेर अन्यथा गर्न नपाउने बताए।

‘केपी ओली बहुमतको शासन मान्न तयार छन् भने निर्वाचन आयोगले लेखेर पठाएको चिठ्ठीमा नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाई मान्यता दिएको छ’, नेपालले भने, ‘आयोगले भनेको आधारमा जाने हो भने ल गणना गरौं, मार्च पास गरौं। ४४१ जनामध्ये केपी ओलीको पक्षमा एक सय जना छन्। हाम्रा पक्षमा तीन सय जना छन्।’

तीन सय जनाको बहुमत हुन्छ कि एक सय जनाको भन्दै उनले आयोगप्रति प्रश्न गरे। आयोगमा गएर केपी ओलीले धम्काइरहेका बताउँदै नेपालले त्यसो नगर्न आग्रह गरे। उनले विधान, सर्कुलर र माइन्युटमा ओली पहिलो अध्यक्ष भनेर उल्लेख नभएको बताउँदै आयोगलाई मान्यता नदिन आग्रह गरे। ‘केपीजीले  धम्काएर म पहिलो अध्यक्ष हुँ भन्नुभएछ। केपी ओली कहाँको पहिलो अध्यक्ष हुन्? यो नेकपाको हुन् कि ओली गुटको पहिलो अध्यक्ष हुन्’, नेपालले भने।

नेकपाका (प्रचण्ड-माधव पक्ष) वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन आयोगलाई कुनचाहिँ नेकपा आधिकारिक हो भन्ने छुट्ट्याउन गाह्रो परेको भए प्रदर्शनी मार्ग आउन आग्रह गरेका छन्। ‘हाम्रो निर्वाचन आयोगमा आयुक्तहरूलाई सकस परेको छ। कुन चाहिँ पार्टी आधिकारिक हो भनेर निर्क्योल गर्न सकस परेको छ’ खनालले भने, ‘माननीय आयुक्तहरू अलमलिनु पर्ने कुरा केही छैन। आधिकारिक पार्टी भनेको कहाँ छ? आउनुस् प्रदर्शनी मार्गमा। काठमाडौंका सडकमा पोखिएको छ। यो भन्दा अर्को आधिकारिक पार्टी नेकपा नेपालमा हुनै सक्दैन।’

सभाको उपस्थितिले आधिकारिकताको प्रमाण दिएको खनालको दाबी थियो। ‘तपाईंले कहाँ कानुन मिलाउनु पर्नेछ भने मिलाउनुस्, ऐन कहाँ मिलाउनु पर्ने हुन्छ मिलाउनुस्, प्रक्रिया के मिलाउनुछ, मिलाउनुस्,' खनालले भने, ‘आधिकारिक पार्टी घोषणा गर्न ढिलो गर्दा अप्ठ्यारो पर्न सक्छ। अप्ठ्यारोलाई समयमै बुझ्नुस्।’

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्