• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘त्यसैले म भाग्यमानी गायिका’

मैले गीत होइन, गीतले मलाई खोज्दै आयो : अनु चौधरी, गायिका
64x64
पुष्पा थपलिया मंगलबार, फागुन ४, २०७७  ०८:२५
1140x725

अहिलेसम्म कति गीत गाइन्, औंला भाँचेर गनेकी छैनन् गायिका अनु चौधरीले। गन्ती नै नगरे पनि अरु भाषाको भन्दा थारु भाषाको गीत धेरै गाएको सम्झना भने उनलाई छ। 

काठमाडौं आउनुअघि नै थारु भाषाका थुप्रै गीत गाइसकेकी थिइन् उनले। करिब ढेड वर्षअघि गीत गाउनकै लागि राजधानी छिरेकी अनुले त्यसपछि यतै डेरा जमाइन्। 

हुन त उनी बेलाबखत गीत गाउन पहिले पनि राजधानी आउँथिन्। कैलालीदेखि काठमाडौं आउने–जाने खर्च धेरै हुन थालेपछि उनले यतै डेरा खोजेकी हुन्। 

अनुले गाएका थारु भाषाका गीत ‘दिन गिन गिन’ युट्युबको ट्रेन्डिङमा पर्‍यो। यो गीतभन्दा अघि गाएको ‘मन लागेना अब बिन तोहार’ ले पनि टिकटकमा करिब २६ हजारको हाराहारीमा भिडियो बनायो। थारु, भोजपुरी र मैथिली समुदायमा मात्रै चर्चा कमाउन छाडेर बाहिर निस्किएको यी दुई गीतले अनुको लोकप्रियता अझै बढायो। 

अनुले थारु भाषाको गीत मात्रै हैन, मोफसलमा छँदै अन्य भाषाको गीतमा पनि स्वर मिलाएकी थिइन्। यो क्रम काठमाडौं आएपछि झनै बढेको छ। 
उनले नेपालका तराई क्षेत्रमा बोलिने प्रायः भाषामा गीत गाइसकिन्। मैथली, भोजपुरी, हिन्दी भाषाका गीतहरुले उक्त भाषा बोल्ने स्रोतामा राम्रो प्रभाव पनि पार्न सफल भयो। 

‘थारु भाषाको गीत त झन् नेपालको युट्युब ट्रेन्डिङमा समेत पर्न थालेको छ,’ उनले सुनाइन्। 

अनुका अनुसार थारु भाषा पनि क्षेत्र अनुसार फरक हुन्छ। चितवनतिर छुट्टै भाषा बोल्छन् अनि कैलालीतिर छुट्टै। यसलाई पूर्वको थारु भाषा र पश्चिमको थारु भाषा भनेर छुट्याउँदै उनले भनिन्, ‘मैले पूर्वको थारु भाषामा पनि गीत गाएँ।’ 

उनले अनुभव सुनाइन्, ‘पूर्वको थारु भाषा अप्ठ्यारो छ। म थारु नै भए पनि पूर्वका थारुले बोल्ने भाषा बुझ्दिनँ। भाषा नबुझेरै गीत गाएँ। त्यही भएर  मलाई संगीतको कुनै भाषा हुँदैन जस्तो लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न भाषाभाषीको गीतमा आवाज भर्दाभर्दै उनले गीतको संख्या गन्न भुलिन्। कतिपय गीत सार्वजनिक पनि भएका होलान्, कति गीत कता पो पुगेका छन् उनी आफैंलाई थाहा छैन।  

उनी निकै व्यस्त गायिकामा पर्छिन्। एक दिनमा तीन वटासम्म गीत रेकर्ड गरेको अनुभव छ उनीसँग। दिनमा एउटा गीतको रेकर्डिङ त सधैंजसो भइरहन्छ।

कैलालीको प्रतापपुर, लम्कीमा जन्मिएकी अनुले सुरुवाती दिनमा धनगढीका स्टुडियोहरु गुन्जाइन्। पहिलो गीतको रेकर्डिङ सम्झँदै अनुले भनिन्, ‘धनगढीको एक स्टुडियोमा मनिराम चौधरीको गीत गाएको थिएँ। मेरो ठूलोममीले एक जना चिनेको मान्छे छ, उसको गीत गाउँछौं? किताब पनि लेखेको मान्छे। मनिराम चौधरीको गीत गाउने भनेपछि मैले हुन्छ भनेँ।’

उनका अनुसार ‘माटी कोरे गैली’ बोलको कल्चरल गीत उनको आवाज पाउने पहिलो गीत हो। भनिन्, ‘एउटा एल्बम निकाल्ने, त्यसमा भएको गीतमध्ये एउटा गीत मैले गाउने भन्ने थियो। तर मेरो आवाज उहाँहरुलाई राम्रो लागेर एउटा बाहेक सबै गीत मैले नै गाएँ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसो त, उनलाई आफू मिडियामा आउँला, गीत गाएरै चर्चा कमाउँला, यसैले परिवार पाल्न सकुँला भन्ने लागेको थिएन। अनुले हाँस्दै भनिन्, ‘मेरो आवाज यति धेरै मनपर्ने खालको छ भन्ने नै थाहा थिएन।’

सुरुवाती दिनमा गायिक बन्छु भन्ने नलागे पनि पहिलो गीतलाई धेरैले मन पराएपछि भने उनलाई यस क्षेत्रमा रस बस्न थाल्यो। थारु समुदायको माया पाएपछि मात्रै उनले यो क्षेत्रमा आफ्नो भविष्य देखिन्। 

अहिले भने थारु गीतलाई केही हदसम्म माथि उठाउन सकेजस्तो अनुभव उनलाई हुन्छ। अनुले भनिन्, ‘पहिले त म आफैं पनि थारु गीत सुन्दैनथें।  केही राम्रा गीत गाउनेहरु पनि थिए तर प्रायः गीत सुन्दा त आफैंलाई लाज लाग्थ्यो, यस्तो पनि हामो गीत–संगीत हो र भनेर। 

उनले गीत गाउन थालेदेखि घरमा पैसाका लागि हात पसार्नुपरेको छैन।  भनिन्, ‘मैले पहिलो गीत गाएदेखि नै स्टेजका कार्यक्रम पाउन थालें। सुरुमा पैसाको बारेमा बार्गेनिङ नगरे पनि बाटो खर्च भनेर दिन्थे। अहिले त स्टेजको पैसा तोकेरै लिन्छु।’

कुनै दिन तीन वटासम्म गीत रेकर्ड गर्ने अनुले रेकर्डिङको पैसाभन्दा स्टेजमा गाएको पैसा धेरै लिन्छिन्। कोरोना महामारीपछि भने रेकर्डिङकै पैसाले जिन्दगी चलाइरहेकी छन्। 

उनलाई गीत–संगीतको क्षेत्रमा अन्य कलाकारले जस्तो धेरै संघर्ष गर्नुपरेन। ‘म यो मानेमा भाग्यमानी भएँ किनभने मैले गीत खोज्दै होइन, गीतले मलाई खोज्दै आयो,’ उनले भनिन्। 

तर, नेपाली गीत गाउँदा भने भाषाको समस्या केही हदसम्म भोगिन् उनले।  भनिन्, सुरुसुरुमा शुद्ध नेपाली बोल्न समस्या हुन्थ्यो। तर अहिले भने खासैसमस्या छैन। उनले हाँस्दै भनिन्, ‘बोल्दा मात्रै थारु भाषाको टोन आउने हो, गीत त शुद्ध गाउँछु।’

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्