• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘त्यसैले म भाग्यमानी गायिका’

मैले गीत होइन, गीतले मलाई खोज्दै आयो : अनु चौधरी, गायिका
64x64
पुष्पा थपलिया मंगलबार, फागुन ४, २०७७  ०८:२५
1140x725

अहिलेसम्म कति गीत गाइन्, औंला भाँचेर गनेकी छैनन् गायिका अनु चौधरीले। गन्ती नै नगरे पनि अरु भाषाको भन्दा थारु भाषाको गीत धेरै गाएको सम्झना भने उनलाई छ। 

काठमाडौं आउनुअघि नै थारु भाषाका थुप्रै गीत गाइसकेकी थिइन् उनले। करिब ढेड वर्षअघि गीत गाउनकै लागि राजधानी छिरेकी अनुले त्यसपछि यतै डेरा जमाइन्। 

हुन त उनी बेलाबखत गीत गाउन पहिले पनि राजधानी आउँथिन्। कैलालीदेखि काठमाडौं आउने–जाने खर्च धेरै हुन थालेपछि उनले यतै डेरा खोजेकी हुन्। 

अनुले गाएका थारु भाषाका गीत ‘दिन गिन गिन’ युट्युबको ट्रेन्डिङमा पर्‍यो। यो गीतभन्दा अघि गाएको ‘मन लागेना अब बिन तोहार’ ले पनि टिकटकमा करिब २६ हजारको हाराहारीमा भिडियो बनायो। थारु, भोजपुरी र मैथिली समुदायमा मात्रै चर्चा कमाउन छाडेर बाहिर निस्किएको यी दुई गीतले अनुको लोकप्रियता अझै बढायो। 

अनुले थारु भाषाको गीत मात्रै हैन, मोफसलमा छँदै अन्य भाषाको गीतमा पनि स्वर मिलाएकी थिइन्। यो क्रम काठमाडौं आएपछि झनै बढेको छ। 
उनले नेपालका तराई क्षेत्रमा बोलिने प्रायः भाषामा गीत गाइसकिन्। मैथली, भोजपुरी, हिन्दी भाषाका गीतहरुले उक्त भाषा बोल्ने स्रोतामा राम्रो प्रभाव पनि पार्न सफल भयो। 

‘थारु भाषाको गीत त झन् नेपालको युट्युब ट्रेन्डिङमा समेत पर्न थालेको छ,’ उनले सुनाइन्। 

अनुका अनुसार थारु भाषा पनि क्षेत्र अनुसार फरक हुन्छ। चितवनतिर छुट्टै भाषा बोल्छन् अनि कैलालीतिर छुट्टै। यसलाई पूर्वको थारु भाषा र पश्चिमको थारु भाषा भनेर छुट्याउँदै उनले भनिन्, ‘मैले पूर्वको थारु भाषामा पनि गीत गाएँ।’ 

उनले अनुभव सुनाइन्, ‘पूर्वको थारु भाषा अप्ठ्यारो छ। म थारु नै भए पनि पूर्वका थारुले बोल्ने भाषा बुझ्दिनँ। भाषा नबुझेरै गीत गाएँ। त्यही भएर  मलाई संगीतको कुनै भाषा हुँदैन जस्तो लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न भाषाभाषीको गीतमा आवाज भर्दाभर्दै उनले गीतको संख्या गन्न भुलिन्। कतिपय गीत सार्वजनिक पनि भएका होलान्, कति गीत कता पो पुगेका छन् उनी आफैंलाई थाहा छैन।  

उनी निकै व्यस्त गायिकामा पर्छिन्। एक दिनमा तीन वटासम्म गीत रेकर्ड गरेको अनुभव छ उनीसँग। दिनमा एउटा गीतको रेकर्डिङ त सधैंजसो भइरहन्छ।

कैलालीको प्रतापपुर, लम्कीमा जन्मिएकी अनुले सुरुवाती दिनमा धनगढीका स्टुडियोहरु गुन्जाइन्। पहिलो गीतको रेकर्डिङ सम्झँदै अनुले भनिन्, ‘धनगढीको एक स्टुडियोमा मनिराम चौधरीको गीत गाएको थिएँ। मेरो ठूलोममीले एक जना चिनेको मान्छे छ, उसको गीत गाउँछौं? किताब पनि लेखेको मान्छे। मनिराम चौधरीको गीत गाउने भनेपछि मैले हुन्छ भनेँ।’

उनका अनुसार ‘माटी कोरे गैली’ बोलको कल्चरल गीत उनको आवाज पाउने पहिलो गीत हो। भनिन्, ‘एउटा एल्बम निकाल्ने, त्यसमा भएको गीतमध्ये एउटा गीत मैले गाउने भन्ने थियो। तर मेरो आवाज उहाँहरुलाई राम्रो लागेर एउटा बाहेक सबै गीत मैले नै गाएँ।’ 

Xtrem

Xtrem

त्यसो त, उनलाई आफू मिडियामा आउँला, गीत गाएरै चर्चा कमाउँला, यसैले परिवार पाल्न सकुँला भन्ने लागेको थिएन। अनुले हाँस्दै भनिन्, ‘मेरो आवाज यति धेरै मनपर्ने खालको छ भन्ने नै थाहा थिएन।’

सुरुवाती दिनमा गायिक बन्छु भन्ने नलागे पनि पहिलो गीतलाई धेरैले मन पराएपछि भने उनलाई यस क्षेत्रमा रस बस्न थाल्यो। थारु समुदायको माया पाएपछि मात्रै उनले यो क्षेत्रमा आफ्नो भविष्य देखिन्। 

अहिले भने थारु गीतलाई केही हदसम्म माथि उठाउन सकेजस्तो अनुभव उनलाई हुन्छ। अनुले भनिन्, ‘पहिले त म आफैं पनि थारु गीत सुन्दैनथें।  केही राम्रा गीत गाउनेहरु पनि थिए तर प्रायः गीत सुन्दा त आफैंलाई लाज लाग्थ्यो, यस्तो पनि हामो गीत–संगीत हो र भनेर। 

उनले गीत गाउन थालेदेखि घरमा पैसाका लागि हात पसार्नुपरेको छैन।  भनिन्, ‘मैले पहिलो गीत गाएदेखि नै स्टेजका कार्यक्रम पाउन थालें। सुरुमा पैसाको बारेमा बार्गेनिङ नगरे पनि बाटो खर्च भनेर दिन्थे। अहिले त स्टेजको पैसा तोकेरै लिन्छु।’

कुनै दिन तीन वटासम्म गीत रेकर्ड गर्ने अनुले रेकर्डिङको पैसाभन्दा स्टेजमा गाएको पैसा धेरै लिन्छिन्। कोरोना महामारीपछि भने रेकर्डिङकै पैसाले जिन्दगी चलाइरहेकी छन्। 

उनलाई गीत–संगीतको क्षेत्रमा अन्य कलाकारले जस्तो धेरै संघर्ष गर्नुपरेन। ‘म यो मानेमा भाग्यमानी भएँ किनभने मैले गीत खोज्दै होइन, गीतले मलाई खोज्दै आयो,’ उनले भनिन्। 

तर, नेपाली गीत गाउँदा भने भाषाको समस्या केही हदसम्म भोगिन् उनले।  भनिन्, सुरुसुरुमा शुद्ध नेपाली बोल्न समस्या हुन्थ्यो। तर अहिले भने खासैसमस्या छैन। उनले हाँस्दै भनिन्, ‘बोल्दा मात्रै थारु भाषाको टोन आउने हो, गीत त शुद्ध गाउँछु।’

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्