काठमाडौं- जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराउँदै बायर्न फाइनलमा प्रवेश गरेको हो।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुबै गोल गरे। कतारको अहमेद विन अली रंगशालामा भएको खेलमा बायर्नले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गर्दै जित निकालेको हो। खेलको १७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्नका लागि ८५ औं मिनेटमा लेवान्डोस्कीले अर्को गोल गर्दै बायर्नलाई २–० को जित दिलाए।
फाइनलमा प्रवेश गरेको बायर्नले अब उपाधिका लागि मेक्सिकोको टिग्रेससँग खेल्नेछ। फाइनल खेल फेब्रुअरी ११ मा कतारको एजुकेसन सिटी रंगशालामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।