काठमाडौं- लिग लिडर एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोसँग अंक बाँडेको छ। सोमबार राति भएको खेलमा सेल्टा भिगोसँग एथ्लेटिको मड्रिड २-२ गोलको बराबरीमा रोकिएको हो।
आफ्नै घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले तुलनात्मक रुपमा कमजोर मानिएको सेल्टा भिगोसँग अंक बाँडेको हो। एथ्लेटिको का लागि लुइस स्वारेजले दुई गोल गरे। सेल्टाका लागि सान्टी मिना र फाकन्डो हेरियराले गोल गरे। खेलको १३ औं मिनेटमा नै सान्टी मिनाले गोल गर्दै सेल्टा भिगोलाई सुरुवाती अग्रता दिलाए। खेलको ४५ औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिको मड्रिडलाई १-१ गोलको बराबरी दिलाए।
पहिलो हाफसम्म १-१ गोलको बराबरी खेलेको एथ्लेटिको ले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो। खेलको ५० औं मिनेटमा स्वारेजले नै अर्को गोल गर्दै एथ्लेटिको मड्रिडलाई २-१ गोलको अग्रता दिलाएका थिए। तर एथ्लेटिको ले यो अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो। ८९ औं मिनेटमा फाकन्डो हेरियराले गोल गर्दै सेल्टा भिगोलाई २-२ गोलको बराबरी दिलाए।
शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको यो बराबरीसँगै २० खेलबाट ५१ अंक भएको छ। सेल्टा भिगो भने एथ्लेटिको मड्रिडसँग बराबरी खेल्दै २२ खेलबाट २६ अंक बनाएर लिगको १० औं स्थानमा उक्लिएको छ। लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाको २१ खेलबाट ४३ अंक हुँदा तेस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान ४३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।