काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले आइजोल फुटबल क्लबबाट भारतको आइलिग फुटबल खेल्ने भएका छन्।
पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेकले आफू आइजोल फुटबल क्लबमा अनुबन्धित भएको बताए। २०२० को अक्टोबरमा भएको आइलिग फुटबल छनोटको फाइनल राउण्डमा अभिषेकले मोहमेदन स्पोर्टिङ क्लबबाट खेलेका थिए।
अभिषेकको महत्वपूर्ण प्रदर्शनमा आइलिगको दोस्रो डिभिजन च्याम्पियन हुँदै मोहमेदन आइलिगमा बढुवा भएको थियो। तर, अभिषेकले भने मोहमेदनबाट आइलिग खेल्न पाएनन्।
आइजोल क्लबमा अनुबन्धित भएसँगै अभिषेक अबका बाँकी खेल भने खेल्न पाउनेमा आशावादी छन्। अभिषेकले भने, ‘आइलिगका लागि आइजोलमा अनुबन्धित भएको छु। अब राम्रो गर्ने छु।’
आइलिगमा अभिषेक आबद्ध टिम आइजोल लिगको पाँचौं स्थानमा छ। पाँच खेलबाट दुई खेलमा जित, दुईमा बराबरी र एक खेलमा हार ब्यहोरेको आइजोलको आठ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।