काठमाडौं- रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। आइतबार भएको खेलमा चन्द्रपुरले मोरङको विराटनगर महानगरपालिकालाई १-० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरको जितमा रजनी थोकरले गोल गरिन्। उनकै एक मात्र गोलमा चन्द्रपुरले विराटनगरलाई हराएको हो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको चन्द्रपुरले दोस्रो हाफमा गोल गर्दै जित निकाल्यो। ७०औं मिनेटमा रजनीले गोल गर्दै चन्द्रपुरलाई १-० को जित दिलाइन्।
जारी लिगमा चन्द्रपुरको यो दोस्रो जित हो। यसअघि पहिलो चरणको खेलसकिँदासम्म एउटा खेलमा मात्र चन्द्रपुरले जित निकालेको थियो।
विराटनगरलाई पराजित गरेसँगै चन्द्रपुरले सात खेलबाट दुई खेलमा जित र पाँच खेलमा हार व्यहोर्दै ६ अंक बनाएको छ। पराजित विराटनगरको भने सात खेलबाट तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।