काठमाडौं- स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। आइतबार राती भएको खेलमा वालिङले विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वालिङसँग पुलिस स्तब्ध बनेको हो। वालिङको जितमा विदेशी खेलाडी मेथो इलुडी रुथले गोल गरिन्। पुलिसको भने यो लगातार दोस्रो हार हो। यसअघि भएको खेलमा पुलिसले विराटनगर महानगरपालिकासँग १-० गोलको हार ब्यहोरेको थियो।
पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। तर दोस्रो हाफमा वालिङले गोल गर्दै पुलिसलाई पराजित गर्यो। खेलको ५८औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई १-० गोलको जित दिलाए।
जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ। वालिङले सात खेलबाट ११ अंक बनाएको छ। नेपाल पुलिस क्लब भने सात खेलबाट आठ अंक बनाउँदै लिगको पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।