काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा 'बृहत् पुस्तक मेला' सुरु भएको छ। आइतबारदेखि सुरु मेला कोरोना कहरपछिको समयमा पुस्तक प्रवर्द्धन र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको मेला आयोजक समितिले जानकारी दिएको छ।
काठमाडौंका ५० बढी प्रकाशन संस्थाको पुस्तक मेलामा विशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा विभिन्न नयाँ पुस्तक पनि विमोचन गरिने बताइएको छ। साथै, लेखकसँग साक्षात्कार कार्यक्रमहरु पनि राखिएको आयोजकले जानकारी गराएको छ।
पुस्तक मेला फागुन १० सम्म चल्नेछ। मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुने र १५ प्रतिशत देखि ४० प्रतिशत सम्म छुटमा किताबहरु बिक्री गरिने समेत जानकारी गराइएको छ।
कोरोना कहरपछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समस्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विश्वास आयोजकको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।