प्रतिकात्मक तस्बिर।
काठमाडौं- घर लिपपोतका लागि जंगलमा माटो लिनका गएका कैलालीका तीन युवतीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो १२ बजेतिर कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटाको कालिका सामुदायिक वनमा माटो लिन गएका बेला उनीहरूलाई ढिस्कोले पुरेको थियो।
माटो लिन गाएका पाँचै जनालाई ढिस्कोले पुरेकोमा २० वर्षीया भावना ओड र १७ वर्षीय धनसरी सवालको घटनास्थलमै मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता, डिएसपी प्रतिक विष्टले बताए।
घाइते ३१ वर्षीया गंगा जैगडी तथा १२ वर्षीया बालिकाद्वय काजल विक र अञ्जु जगैडीलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। त्यसमध्ये ३१ वर्षीया गंगाको उपचारका क्रममा मृत्यु भएको र दुई बालिकाको अवस्था सामान्य रहेको डिएसपी विष्टले बताए। उनीहरूको सोही अस्पतालमा उपचार चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।