लन्डन- सिजनको इंग्लिस प्रिमियर लिग आइतबारदेखि सकिएको छ। आइतबार अन्तिम चरणका १० खेल भएसँगै सिजनको लिग सकिएको हो।
अन्तिम दिन यसअघि नै च्याम्पियन बनेको म्यानचेस्टर सिटीले साउथह्याम्टनलाई १–० गोलले पराजित गर्यो। सिटीको जितमा ग्राबियल जेससले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे। योसँगै उपाधि विजेता सिटीले सिजनमा सय अंक जोड्दै इतिहास बनायो।
प्रिमियर लिगकै कुनै पनि सिजनमा सय अंक जोड्ने सिटी पहिलो टिम बन्यो। सिटीले अघिल्लो खेलमा ९७ अंक जोडेर प्रिमियर लिगमा सर्वाधिक अंक जोड्ने चेल्सीको कीर्तिमान भंग गरेको थियो। सिटीले प्रिमियर लिगको एकै सिजनमा सवैभन्दा बढी गोल गर्ने कीर्तिमान पनि बनाएको थियो। यता सिटीसँग हारका बावजुद साउथह्याम्टन भने रेलिगेशनबाट बचेको छ।
अन्तिम दिनको खेलमा जित हात पार्दै टोटनह्याम र लिभरपुलले शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान पक्का गरे। टोटनह्यामले रोमाञ्चक खेलमा लेस्टर सिटीलाई ५–४ गोलले पराजित गर्यो। लिभरपुलले बिंग्रटनलाई ४–० गोलले पराजित गर्यो।

यता न्युकासलसँग ३–०ले पराजित हुँदा चेल्सी पाँचौ स्थानमा सीमित बन्यो। जसले गर्दा चेल्सी च्याम्पियन्स लिगमा छनोट हुन सकेन।
अन्तिम दिन स्टोक सिटीसँग २–१ गोलले पराजित भएपछि स्वान्सी रेलिगेशनमा पर्यो। स्वान्सीसँगै स्टोक र वेस्ट ब्रुम पनि रेलिगेशनमा परे।
अन्तिम दिनको नतिजा

अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।