काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झन्डै किलो सुनसहित एक युवक पक्राउ परेका छन्।
विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले ७ सय ग्राम सुनसहित चितवनको भरतपुरका धीरेन्द्र महतोलाई पक्राउ गरिएको नेपाल लाइभलाई बताए।
नेपाल एयरलाइन्सको २३० नम्बर फ्लाइटमार्फत् नेपाल आएका महतोको लगेजभित्र उक्त सुन फेला परेको उनले बताए ।
यसबारे अनुसन्धान भइरहेको एसएसपी बास्तोलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।