• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

ज्यागुअर एफ-पेस किन्न किशोर गेयर किन पुग्यो केन्या?

न्यून बिजकीकरणको आशंका
64x64
शिव बोहरा बुधबार, माघ २१, २०७७  ०८:१५
1140x725

काठमाडौं- सवारी आयातकर्ता कम्पनी किशोर गेयर प्रालिले केन्या पुगेर ज्यागुअर ब्रान्डको 'एफ-पेस' कार भित्र्याएको तथ्य फेला परेको छ। आधिकारिक बिक्रेता नै नबनी ज्यागुअर ल्यान्ड रोभरका कार आयात गर्दै आएको किशोर गेयरले हालै केन्या पुगेर 'एफ-पेस' खरिद गरी ल्याएको पाइएको हो। 

कानुनअनुसार सवारी आयात गर्न उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नियुक्त गरेको हुनुपर्छ। ज्यागुअर ल्यान्ड रोभरले किशोर गेयरलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छैन। यस्तो अवस्थामा किशोर गेयरले ज्यागुअरको एफ-पेस कार केन्याबाट किन र कसरी आयात गर्‍यो भन्ने प्रश्न उठेको छ। 

केन्यामा ज्यागुअरको उत्पादन प्लान्ट नभएकाले ज्यागुअरका कार किन्न नेपालबाट अफ्रिकी मुलुक केन्यासम्म पुग्नुपर्ने कारण देखिँदैन। ज्यागुअरको मुख्यालय बेलायतमा रहेको तर किशोर गेयरका किशोरचन्द्र बादे श्रेष्ठ केन्या पुगेकोले यो कार आयातमा प्रश्न उठेको हो। 

यसरी आधिकारिक बिक्रेता बिना नै कार आयात हुँदा न्यून बिजकीकरण (अन्डर इन्भ्वाइस) हुने जोखिम बढी हुन्छ। कम मूल्यमा कार आयात गरेको देखाएर वा कम मूल्यमा किनेर बजारमूल्यमा नै किनेको बिल भन्सारमा पेस गरी डलर विदेश पठाउने जोखिम बढी हुन्छ।  

ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)का अनुसार २०१६ अगस्ट (२०७३ भदौ १५)पछि नेपालमा आधिकारिक बिक्रेता छैन। त्यसअघि दिइएको आधिकारिक बिक्रेताको अवधि सकिएको र नयाँ नियुक्त नभएको जानकारी कम्पनीले दिएको समाचार नेपाल लाइभले यसअघि नै लेखेको थियो। 

यो पनि पढ्नुहोस्

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैध आयात : सरकार मौन, प्रवृत्ति मौलाउँदोसोमबार, असोज ६, २०७६

किशोर गेयरले केन्याको आरएमए मोटर्सबाट ज्यागुअर एफ-पेस कार ५० हजार १ सय अमेरिकी डलरमा खरिद गरेको भन्सार प्रज्ञापन पत्रमा उल्लेख छ। उक्त कार २०२० सेप्टेम्बर २३ मा भन्सार जाँचपास गराएको थियो। 

प्रज्ञापन पत्रमा निर्यातकर्ता मुलुक र उत्पादन भएको मुलुक (कन्ट्री अफ ओरिजिन) बेलायत नै उल्लेख छ। यसले ज्यागुअर बेलायलले केन्याको आरएमए मोटर्सलाई बिक्री गरेको एफ-पेस नेपाल ल्याएको वा बेलायतबाट केन्या पुगेको सोही कार किशोर गेयरले आरएमए मोटर्ससँग किनेर नेपाल ल्याएको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

१९९९ सिसी इन्जिन क्षमताको यो एफ–पेस कार 'अल ह्विल ड्राइभ आर-स्पोर्ट अटोमेटिक' हो। प्रज्ञापन पत्रमा उल्लेख भएअनुसार यो कार २०१७ मा उत्पादन भएको हो। किशोर गेयरले यो कार आयात गर्न प्रतीत पत्र (लेटर अफ क्रेडिट-एलसी) प्रभु बैंकबाट खोलेको थियो। 

नेपाली बजारमा त्यसअघि र अहिले पनि किशोर गेयर प्रालिले ल्यान्ड रोभरका सवारी आयात गरी बिक्री गर्दै आएको छ। ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)का अनुसार नेपाली बजारमा हाल ल्यान्ड रोभरका गाडीको अवैध आयात (ग्रे-इम्पोर्ट) भइरहेको हो। ज्यागुअर ल्यान्ड रोभर एसिया प्यासिफिक रिजनले नेपाल लाइभलाई दिएको जानकारी अनुसार नेपालमा ज्यागुअरका सबै सवारीसाधनको ग्रे इम्पोर्ट भएको खुलेको हो। तर किशोर गेयरले २०१६ यता अवैध रुपमा ल्यान्ड रोभरका गाडी आयात गर्दै आएको छ। 

सरकारले सवारी आयातका लागि नेपालमा आधिकारिक बिक्रेता हुनैपर्ने र सवारी खरिदकर्ताले उत्पादक कम्पनी वा कम्पनीद्वारा आधिकारिकता प्रदान गरेका कम्पनीसँग मात्र किन्न पाइने स्पष्ट कानुनी व्यवस्था गरेको छ। तर उक्त कानुनको कार्यान्वयन भने एकदमै फितलो छ। 

विगत ४/५ वर्षदेखि अवैध रूपमा सवारी आयात भइरहनुले भन्सारको कामकारबाहीमा समेत गम्भीर प्रश्न उठेको छ। अवैध काम गर्न चाहनेलाई प्रोत्साहन मिल्ने सरकारी अधिकारीहरु नै बताउँछन्। 'हाम्रो कानुनी व्यवस्था कडा भएपनि यस्ता गाडी सहजै जाँचपास हुनुले कार्यान्वयन पक्ष कमजोर देखाएको छ,' एक भन्सार अधिकृतले भने, ' यो विषयमा भन्सार विभाग गम्भीर हुनुपर्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा ज्यागुअरलगायत अन्य ब्रान्डका कारसमेत अवैध रुपमा आयात भइरहेका छन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमा आधिकारिक बिक्रेता नभई आयात भएका कारले ३० प्रतिशत जरिवाना तिराएर ल्याउन दिने व्यवस्था गरेको छ। यही कानुनी छिद्रको दुरुपयोग गर्दै चोर बाटोबाट सवारी आयात गर्न व्यवसायीहरू पल्किएको देखिन्छ। यस्ता कानुनी छिद्रका कारण वर्षौं पुराना तथा सेकेन्ड ह्यान्ड कार आयात हुने सम्भावनासमेत बढेको छ। किशोर गेयरले ल्याएको यो एफ-पेस कारसमेत करिब ४ वर्ष पुरानो कार हो। 

यसरी महँगा कार नेपाल आउन थालेपनि भन्सार विभाग र राजश्व अनुसन्धान विभागले केही आयातलाई आधार मानेर संयुक्त रुपमा अनुसन्धान गर्न कमिटी नै बनाएको छ। गलत प्रवृत्ति रोक्न अनुसन्धान गर्न लागिएको भन्सार विभागले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्