काठमाडौं- हतकडीसहित फरार एक अभियुक्त तीन दिनपछि पक्राउ परेका छन्। कैलालीको जोशिपुर गाउँपालिका–७ का २७ वर्षीय सुरेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
माघ १७ गते ३ सय ५० ग्राम खैरो हिरोइनसहित पक्राउ परेका शाहीलाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट इलाका प्रहरी कार्यालय भजनी लैजाँदै गर्दा फरार भएका थिए।
फरार शाहीलाई मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१ पार्कमोड वनदेवी मन्दिर नजिकबाट पक्राउ गरेको हो। उनीविरुद्ध लागुऔषध मुद्दामा म्याद थ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।