काठमाडौं- दोलखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुनकाेशी गाउँपालिका-६ भिरकुनामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
सिन्धुपाल्चोक प्रहरीका अनुसार सबै यात्रुमा सामान्य चोटपटक लागेको र सबै घाइते जोखिममुक्त छन्। यात्रुहरूलाई उद्धार गरी सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जानकारी दिएको छ।
लामोसाँघु-जिरी सडकखण्डमा रोल्वालिङ यातायातको बा ३ ख २७८९ नम्बरको बस दुर्घटना भएकाे हाे। प्रहरीका अनुसार १५ बढी घाइते छन्। उकालो बाटो चढ्ने क्रममा रहेको बस सडक छेउमा पल्टिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।