• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

काठमाडौं उपत्यकाका प्रहरी ठगीदेखि घुसकाण्डसम्मका कारबाहीमा, रोकिएनन् आचरण विपरीत गतिविधि

डेढ महिनामा ६९ प्रहरी कारबाहीमा
64x64
नारायण अधिकारी मंगलबार, माघ २०, २०७७  १७:१२
1140x725
महानगरीय प्रहरी कार्यालय, रानीपोखरी।

काठमाडौं- महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मा गएको पुस २३ गतेदेखि निलम्बित छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गरेको हो।

शर्मा निलम्बित हुनुको कारण हो, घुसकाण्ड। काठमाडौंको गुर्जुधारामा भएको एक दुर्घटनाको मिलापत्र गराउन १५ हजार रूपैयाँ घुस लिएको आरोप शर्मामाथि लागेको छ। मुद्दा फाँटमा कार्यरत शर्माले घुस लिएको भन्ने जानकारी तत्कालीन थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौंलाई गराएपछि उनलाई नियन्त्रणमा लिइएको थियो। पछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई निलम्बन गरियो। 

शर्माजस्तै कारबाही भोगेका उपत्यकामै कार्यरत अर्का प्रहरी अधिकृत हुन्, डिएसपी राजेश थापा। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख थापालाई प्रहरी प्रधान कार्यालयले 'रेकर्डमा रहने गरी' नसिहत दिएको छ। 

थापाले कारबाही भोग्नुको कारण पनि इन्सपेक्टर शर्माको जस्तै छ। शर्मा निलम्बित भए, थापालाई भने नसिहत दिइएको छ। 

वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्री मेट्रो प्रमुख भएर जिम्मेवारी सम्हालेलगत्तै राम्रो गर्नेलाई पुरस्कृत र आचरणविपरीतका काम गर्नेविरुद्ध कठोर कदम चाल्ने बताएका थिए। तर, आचरण विपरीत गतिविधि नियन्त्रण भएका छैनन्। 

दुर्घटनामा घाइते भएका व्यक्तिको उपचार खर्च ११ हजार रुपैयाँ मात्रै लागेपनि पीडित पक्षलाई २ लाख ५० हजार रुपैयाँ लागेको भन्दै डिएसपी थापाले बढी रकम असुलेको आरोप लागेको छ। यो केसमा उनीसहित तीन प्रहरी कारबाहीमा परेका छन्। दुर्घटना गत असोज अन्तिम साताको भएपनि भर्खरै सार्वजनिक भएको हो।

000

काठमाडौं उपत्यकाभित्र कार्यरत प्रहरीमा देखिएका घुस र ठगी घटनाका यी केही उदाहरण हुन्। पछिल्लो समय उपत्यका प्रहरीमा घुस लिनेदेखि आचरण विपरीतका गतिविधि गर्ने क्रम रोकिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न कार्ययोजना ल्याउँदै उपत्यकामा कार्यरत प्रहरी अधिकारीको आचरण सुधारको प्रयास गरेपनि ठगी तथा घुसका घटना दोहोरिने क्रम भने घटेको छैन। मेट्रो प्रमुख भएर आउने हरेकजसो प्रहरी अधिकृतले आफू मातहतका प्रहरीको आचरण सुधारमा प्रयास गरेपनि मेट्रोले नै उपलब्ध गराएको तथ्यांकले भने आचरण विपरीत गतिविधिको दर भने उकालो लागेको देखाउँछ। 

वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्री मेट्रो प्रमुख भएर जिम्मेवारी सम्हालेलगत्तै राम्रो गर्नेलाई पुरस्कृत र आचरणविपरीतका काम गर्नेविरुद्ध कठोर कदम चाल्ने बताएका थिए। तर, आचरण विपरीत गतिविधि नियन्त्रण भएका छैनन्। 

थापापछि मेट्रोको नेतृत्व तत्कालीन डिआइजी (हाल एआइजी) विश्वराज पोखरेलले सम्हालेका थिए। पोखरेलले त आचारण विपरीत काम गर्नेको अनुगमन गर्नेदेखि कारबाहीसम्म गर्न एसपीको नेतृत्वमा टोली नै गठन गरेका थिए। एसपी रेवती ढकालको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेर आचरण विपरीत गतिविधि रोक्न र गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने पनि भनिएको थियो।

सोही अनुसार आन्तरिक शुद्धीकरण गर्ने भन्दै लामो समयदेखि परिसर तथा वृत्तहरूमा बसेका सादा पोशाकका प्रहरी (घुमुवा)लाई हटाइएको पनि थियो। तर, पोखरेलेको पालामा, आर्थिक वर्ष २०७६/७७ मा आचरण विपरीत गतिविधि गर्ने प्रहरीको संख्या घट्नुको साटो बढेर ४६८ पुगेको थियो। अघिल्लो आर्थिक वर्षमा ४१९ जना प्रहरी मात्रै कारबाहीमा परेका थिए।

डेढ महिनामै ६९ प्रहरी कारबाहीमा
मेट्रोको पछिल्लो डेढ महिनाको (पुस २ गतेदेखि हालसम्म) तथ्यांक हेर्ने हो भने उपत्यकामा कार्यरत प्रहरीको वास्तविक मुहार झल्कन्छ। डेढ महिनाको अवधिमा मात्रै कार्यालय सहयोगीदेखि डिएसपीसम्मका ६९ प्रहरी अधिकारी कारबाहीमा परेका छन्। १ डिएसपी, ३ इन्सपेक्टर, ४ सई, ५ असई, १४ हवल्दार, ४१ सिपाही र १ जना कार्यालय सहयोगी गरी ६९ जनालाई कारबाही गरिएको मेट्राको तथ्यांक छ। उनीहरूलाई नसिहतदेखि, तलबवृद्धि घटुवा, सेवाबाट हटाइएको, चालचलन सुधार गर्नुपर्ने, सचेत गराइएको, निलम्बन गरिएको र पदोन्नति रोक्कासम्म गरिएको छ।

प्रहरी समाजकै प्रतिबिम्ब भएकाले त्यसको असर प्रहरीमा देखिएको पूर्वडिआइजी हेमन्त मल्लको भनाइ छ। 

तर, प्रहरी भने सानो गल्ती गर्नेलाई पनि उन्मुक्ति नदिइएको बताउँछ। जस्तोसुकै गलत काम गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइएको मेट्रो प्रमुख, एआइजी हरि पाल बताउँछन्। ‘कोही प्रहरीमाथि प्रश्न उठ्यो या आचरणविपरीत गतिविधि गरेको पाइएमा कारबाहीको भागिदार बन्छ’ एआइजी पालले नेपाल लाइभसँग भने, ‘समाजकै एउटा प्रतिबिम्ब प्रहरी भएकाले त्यसको केही असर देखिनु स्वभाविक हुन्छ। तर, त्यसो भन्दैमा हामी उन्मुक्ति दिँदैनौं।’ सोही अनरुप कोही प्रहरी अधिकारीमाथि प्रश्न उठे छानबिन समिति समेत गठन गरेर काम गरिएको मेट्रोले जनाएको छ।

सामाखुशीबाट करिब ३० तोला सुन लुटिएको दाबी गरिएको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएपछि मेट्रोले एसपी भोलाराज रावलको संयोजकत्वमा छानबिन समिति गठन गरेर काम गरिरहेको छ। सुन लुटिएको घटनामा प्रहरीकै भूमिकामा प्रश्न उठाउने सुन धनी पीडित भनिएका व्यक्ति नै फरार भएकाले छानबिन नटुंगिएको एआइजी पालले नेपाल लाइभलाई जानकारी दिए। 

सुपरीवेक्षणको अभावले मौलाउँदो आचरणविरीतका घटना 
आचरण विपरीतका गतिविधि बढ्नुमा 'राइट म्यान, राइट प्लेस' नहुनु, सामाजिक व्यवहार नै प्रहरीमा पनि प्रतिबिम्बित हुनु मुख्य कारण रहेको पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। प्रहरी समाजकै प्रतिबिम्ब भएकाले त्यसको असर प्रहरीमा देखिएको मल्लको भनाइ छ। 

त्यस्तै ‘राइट म्यान, राइट प्लेस’ को अवधारणा पूर्ण रुपमा कार्यन्वयन नहुँदा पनि प्रहरीमा आचरण विपरीतका गतिविधि देखिएको मल्लले प्रष्ट पारे। मल्लकै भनाइमा सहमति जनाउँदै पूर्वडिआइजी पूर्णचन्द्र जोशी भन्छन्, ‘सोर्सफोर्स लगाएर कोही प्रहरी कहीँ जाँदैछ भने किन जाँदैछ भन्ने सुरुमै विचार गर्नुपर्छ। यसरी जानेको नियत राम्रो छैन भनेर सुरुमै देखिन्छ। सोर्सफोर्सबाट हुने सरुवालाई टोटल्ली ब्लक गर्नुपर्छ र राम्रो माछेलाई राम्रो ठाउँको जिम्मेवारी दिनुपर्छ।’

जगाती वृत्तमा देखिएको ठगी काण्डले मल्ल र जोशीको भनाइलाई पुष्टि गर्छ। ठगी काण्डमा कारबाही भोगेका डिएसपी थापाले नेकपा निकट नेताको सोर्सफोर्सकै बलमा जगाति वृत्त प्रमुखको जिम्मेवारी पाएका थिए। यसअघि इलाका प्रहरी कार्यालय लहानमा रहँदा समेत राम्रोसँग जिम्मेवारी पूरा गर्न नसकेको भन्दै सेवा अवधि नपुग्दै थापा तानिएका थिए।

अर्कोतर्फ लामो समयसम्म एउटै प्रहरी युनिटमा रहेर काम गर्दा पनि प्रहरी आचरण विपरीतका गतिविधि बढ्ने जोशी बताउँछन्। ‘कुरा लामो समयसम्म एउटै ठाउँमा रहँदाका फाइदा र बेफाइदा दुवै छन्। मान्छेले राम्रो नियतले काम गर्‍यो भने जति पुरानो भयो त्यति राम्रो हुन्छ। नियत खराब भयो भने त्यो भन्दा बढी खतरा केही हुँदैन। अधिकार मिसयुज हुन्छ। अहिलेसम्म नेपाल पुलिसमा लामो समयसम्म एउटै ठाउँमा बसेर राम्रो भन्दा पनि बढी नराम्रो भएको पाइएको छ। यसको असर आचरणमा देखिन्छ।’

जोशीले भनेजस्तै लामो समयसम्म कार्यरत रहँदा सानो दर्जाका प्रहरी अधिकारीबाट ठूलो भ्रष्टाचारसम्म भएका उदाहरण छन्। लामो समयदेखि प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले १ करोड ८ लाख ९९ हजार १ सय ८४ रूपैयाँ रकम हिनामिना गरेको भन्दै अख्तियारमा मुद्दा समेत दायर भएको छ।

मातहत निकायले गर्ने सुपरीवेक्षण तथा निगरानीको प्रभाव पनि प्रहरी आचरणमा देखिने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने बेला भएको मल्लको भनाइ छ। ‘मातहत निकायले बेला-बेलामा निगरानी गर्ने, कारबाही गर्ने र आचरणसम्बन्धी प्रशिक्षण दिए यस्ता प्रवृत्ति  घट्न सक्छ,’ मल्ल भन्छन्।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १७:१२
  • #नेपालप्रहरी
  • #आचरण_विपरीत_गतिविधि
  • #घुस
  • #ठगी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्