• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
काठमाडौं उपत्यकाका प्रहरी ठगीदेखि घुसकाण्डसम्मका कारबाहीमा, रोकिएनन् आचरण विपरीत गतिविधि डेढ महिनामा ६९ प्रहरी कारबाहीमा
64x64
नारायण अधिकारी मंगलबार, माघ २०, २०७७  १७:१२
1140x725
महानगरीय प्रहरी कार्यालय, रानीपोखरी।

काठमाडौं- महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मा गएको पुस २३ गतेदेखि निलम्बित छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गरेको हो।

शर्मा निलम्बित हुनुको कारण हो, घुसकाण्ड। काठमाडौंको गुर्जुधारामा भएको एक दुर्घटनाको मिलापत्र गराउन १५ हजार रूपैयाँ घुस लिएको आरोप शर्मामाथि लागेको छ। मुद्दा फाँटमा कार्यरत शर्माले घुस लिएको भन्ने जानकारी तत्कालीन थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौंलाई गराएपछि उनलाई नियन्त्रणमा लिइएको थियो। पछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई निलम्बन गरियो। 

शर्माजस्तै कारबाही भोगेका उपत्यकामै कार्यरत अर्का प्रहरी अधिकृत हुन्, डिएसपी राजेश थापा। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख थापालाई प्रहरी प्रधान कार्यालयले 'रेकर्डमा रहने गरी' नसिहत दिएको छ। 

थापाले कारबाही भोग्नुको कारण पनि इन्सपेक्टर शर्माको जस्तै छ। शर्मा निलम्बित भए, थापालाई भने नसिहत दिइएको छ। 

वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्री मेट्रो प्रमुख भएर जिम्मेवारी सम्हालेलगत्तै राम्रो गर्नेलाई पुरस्कृत र आचरणविपरीतका काम गर्नेविरुद्ध कठोर कदम चाल्ने बताएका थिए। तर, आचरण विपरीत गतिविधि नियन्त्रण भएका छैनन्। 

दुर्घटनामा घाइते भएका व्यक्तिको उपचार खर्च ११ हजार रुपैयाँ मात्रै लागेपनि पीडित पक्षलाई २ लाख ५० हजार रुपैयाँ लागेको भन्दै डिएसपी थापाले बढी रकम असुलेको आरोप लागेको छ। यो केसमा उनीसहित तीन प्रहरी कारबाहीमा परेका छन्। दुर्घटना गत असोज अन्तिम साताको भएपनि भर्खरै सार्वजनिक भएको हो।

000

काठमाडौं उपत्यकाभित्र कार्यरत प्रहरीमा देखिएका घुस र ठगी घटनाका यी केही उदाहरण हुन्। पछिल्लो समय उपत्यका प्रहरीमा घुस लिनेदेखि आचरण विपरीतका गतिविधि गर्ने क्रम रोकिएको छैन।

Ncell 2
Ncell 2

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न कार्ययोजना ल्याउँदै उपत्यकामा कार्यरत प्रहरी अधिकारीको आचरण सुधारको प्रयास गरेपनि ठगी तथा घुसका घटना दोहोरिने क्रम भने घटेको छैन। मेट्रो प्रमुख भएर आउने हरेकजसो प्रहरी अधिकृतले आफू मातहतका प्रहरीको आचरण सुधारमा प्रयास गरेपनि मेट्रोले नै उपलब्ध गराएको तथ्यांकले भने आचरण विपरीत गतिविधिको दर भने उकालो लागेको देखाउँछ। 

वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्री मेट्रो प्रमुख भएर जिम्मेवारी सम्हालेलगत्तै राम्रो गर्नेलाई पुरस्कृत र आचरणविपरीतका काम गर्नेविरुद्ध कठोर कदम चाल्ने बताएका थिए। तर, आचरण विपरीत गतिविधि नियन्त्रण भएका छैनन्। 

थापापछि मेट्रोको नेतृत्व तत्कालीन डिआइजी (हाल एआइजी) विश्वराज पोखरेलले सम्हालेका थिए। पोखरेलले त आचारण विपरीत काम गर्नेको अनुगमन गर्नेदेखि कारबाहीसम्म गर्न एसपीको नेतृत्वमा टोली नै गठन गरेका थिए। एसपी रेवती ढकालको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेर आचरण विपरीत गतिविधि रोक्न र गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने पनि भनिएको थियो।

सोही अनुसार आन्तरिक शुद्धीकरण गर्ने भन्दै लामो समयदेखि परिसर तथा वृत्तहरूमा बसेका सादा पोशाकका प्रहरी (घुमुवा)लाई हटाइएको पनि थियो। तर, पोखरेलेको पालामा, आर्थिक वर्ष २०७६/७७ मा आचरण विपरीत गतिविधि गर्ने प्रहरीको संख्या घट्नुको साटो बढेर ४६८ पुगेको थियो। अघिल्लो आर्थिक वर्षमा ४१९ जना प्रहरी मात्रै कारबाहीमा परेका थिए।

डेढ महिनामै ६९ प्रहरी कारबाहीमा
मेट्रोको पछिल्लो डेढ महिनाको (पुस २ गतेदेखि हालसम्म) तथ्यांक हेर्ने हो भने उपत्यकामा कार्यरत प्रहरीको वास्तविक मुहार झल्कन्छ। डेढ महिनाको अवधिमा मात्रै कार्यालय सहयोगीदेखि डिएसपीसम्मका ६९ प्रहरी अधिकारी कारबाहीमा परेका छन्। १ डिएसपी, ३ इन्सपेक्टर, ४ सई, ५ असई, १४ हवल्दार, ४१ सिपाही र १ जना कार्यालय सहयोगी गरी ६९ जनालाई कारबाही गरिएको मेट्राको तथ्यांक छ। उनीहरूलाई नसिहतदेखि, तलबवृद्धि घटुवा, सेवाबाट हटाइएको, चालचलन सुधार गर्नुपर्ने, सचेत गराइएको, निलम्बन गरिएको र पदोन्नति रोक्कासम्म गरिएको छ।

प्रहरी समाजकै प्रतिबिम्ब भएकाले त्यसको असर प्रहरीमा देखिएको पूर्वडिआइजी हेमन्त मल्लको भनाइ छ। 

तर, प्रहरी भने सानो गल्ती गर्नेलाई पनि उन्मुक्ति नदिइएको बताउँछ। जस्तोसुकै गलत काम गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइएको मेट्रो प्रमुख, एआइजी हरि पाल बताउँछन्। ‘कोही प्रहरीमाथि प्रश्न उठ्यो या आचरणविपरीत गतिविधि गरेको पाइएमा कारबाहीको भागिदार बन्छ’ एआइजी पालले नेपाल लाइभसँग भने, ‘समाजकै एउटा प्रतिबिम्ब प्रहरी भएकाले त्यसको केही असर देखिनु स्वभाविक हुन्छ। तर, त्यसो भन्दैमा हामी उन्मुक्ति दिँदैनौं।’ सोही अनरुप कोही प्रहरी अधिकारीमाथि प्रश्न उठे छानबिन समिति समेत गठन गरेर काम गरिएको मेट्रोले जनाएको छ।

सामाखुशीबाट करिब ३० तोला सुन लुटिएको दाबी गरिएको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएपछि मेट्रोले एसपी भोलाराज रावलको संयोजकत्वमा छानबिन समिति गठन गरेर काम गरिरहेको छ। सुन लुटिएको घटनामा प्रहरीकै भूमिकामा प्रश्न उठाउने सुन धनी पीडित भनिएका व्यक्ति नै फरार भएकाले छानबिन नटुंगिएको एआइजी पालले नेपाल लाइभलाई जानकारी दिए। 

सुपरीवेक्षणको अभावले मौलाउँदो आचरणविरीतका घटना 
आचरण विपरीतका गतिविधि बढ्नुमा 'राइट म्यान, राइट प्लेस' नहुनु, सामाजिक व्यवहार नै प्रहरीमा पनि प्रतिबिम्बित हुनु मुख्य कारण रहेको पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। प्रहरी समाजकै प्रतिबिम्ब भएकाले त्यसको असर प्रहरीमा देखिएको मल्लको भनाइ छ। 

त्यस्तै ‘राइट म्यान, राइट प्लेस’ को अवधारणा पूर्ण रुपमा कार्यन्वयन नहुँदा पनि प्रहरीमा आचरण विपरीतका गतिविधि देखिएको मल्लले प्रष्ट पारे। मल्लकै भनाइमा सहमति जनाउँदै पूर्वडिआइजी पूर्णचन्द्र जोशी भन्छन्, ‘सोर्सफोर्स लगाएर कोही प्रहरी कहीँ जाँदैछ भने किन जाँदैछ भन्ने सुरुमै विचार गर्नुपर्छ। यसरी जानेको नियत राम्रो छैन भनेर सुरुमै देखिन्छ। सोर्सफोर्सबाट हुने सरुवालाई टोटल्ली ब्लक गर्नुपर्छ र राम्रो माछेलाई राम्रो ठाउँको जिम्मेवारी दिनुपर्छ।’

जगाती वृत्तमा देखिएको ठगी काण्डले मल्ल र जोशीको भनाइलाई पुष्टि गर्छ। ठगी काण्डमा कारबाही भोगेका डिएसपी थापाले नेकपा निकट नेताको सोर्सफोर्सकै बलमा जगाति वृत्त प्रमुखको जिम्मेवारी पाएका थिए। यसअघि इलाका प्रहरी कार्यालय लहानमा रहँदा समेत राम्रोसँग जिम्मेवारी पूरा गर्न नसकेको भन्दै सेवा अवधि नपुग्दै थापा तानिएका थिए।

अर्कोतर्फ लामो समयसम्म एउटै प्रहरी युनिटमा रहेर काम गर्दा पनि प्रहरी आचरण विपरीतका गतिविधि बढ्ने जोशी बताउँछन्। ‘कुरा लामो समयसम्म एउटै ठाउँमा रहँदाका फाइदा र बेफाइदा दुवै छन्। मान्छेले राम्रो नियतले काम गर्‍यो भने जति पुरानो भयो त्यति राम्रो हुन्छ। नियत खराब भयो भने त्यो भन्दा बढी खतरा केही हुँदैन। अधिकार मिसयुज हुन्छ। अहिलेसम्म नेपाल पुलिसमा लामो समयसम्म एउटै ठाउँमा बसेर राम्रो भन्दा पनि बढी नराम्रो भएको पाइएको छ। यसको असर आचरणमा देखिन्छ।’

जोशीले भनेजस्तै लामो समयसम्म कार्यरत रहँदा सानो दर्जाका प्रहरी अधिकारीबाट ठूलो भ्रष्टाचारसम्म भएका उदाहरण छन्। लामो समयदेखि प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले १ करोड ८ लाख ९९ हजार १ सय ८४ रूपैयाँ रकम हिनामिना गरेको भन्दै अख्तियारमा मुद्दा समेत दायर भएको छ।

मातहत निकायले गर्ने सुपरीवेक्षण तथा निगरानीको प्रभाव पनि प्रहरी आचरणमा देखिने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने बेला भएको मल्लको भनाइ छ। ‘मातहत निकायले बेला-बेलामा निगरानी गर्ने, कारबाही गर्ने र आचरणसम्बन्धी प्रशिक्षण दिए यस्ता प्रवृत्ति  घट्न सक्छ,’ मल्ल भन्छन्।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १७:१२
  • #नेपालप्रहरी
  • #आचरण_विपरीत_गतिविधि
  • #घुस
  • #ठगी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जिप मादी नदीमा खस्दा ३ जनाको मृत्यु, २ जना घाइते घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । जिपमा पाँच जना सवार थ... आइतबार, जेठ ११, २०८२
डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप शनिबार दिउँसो ठूली भेरी नगरपालिका - १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको हो। शनिबार, जेठ १०, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ती प... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
बाढीपहिरो गएको हप्तादिन पछि हुम्ला पुग्यो कर्णाली प्रदेश सरकारको राहत, वितरण हुँदै आइतबार, जेठ ११, २०८२
आजको मौसमः देशका पहाडी क्षेत्रमा आंशिक बदली, वर्षाको सम्भावना आइतबार, जेठ ११, २०८२
जिप मादी नदीमा खस्दा ३ जनाको मृत्यु, २ जना घाइते आइतबार, जेठ ११, २०८२
प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो आइतबार, जेठ ११, २०८२
ब्रह्माण्ड किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिक प्रतिस्पर्धा शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
भारतमा कोरोना संक्रमित बढ्दै , यस्ता छन् पुरानो भेरियन्टसँग मिल्दोजुल्दो लक्षणहरू शनिबार, जेठ १०, २०८२
हैदराबादले बेंगलुरुलाई ४२ रनले हरायो, ईशान किशनको उत्कृष्ट ब्याटिङ शनिबार, जेठ १०, २०८२
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग शनिबार, जेठ १०, २०८२
शेखर कोइरालाले भने : गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्