पुने– अम्बाती रायादुले शतक प्रहार गरेपछि चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले आइतबार पराजित गरेको छ। जितसँगै चेन्नई जारी सिजनको आइपिएलको प्लेअफमा पुगेको छ। दोस्रो स्थानको चेन्नईले १२ खेलबाट १६ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको हैदारावाद १८ अंक जोड्दै यसअघि प्लेअफमा पुगिसकेको छ।
आइतबार हैदरावादले दिएको १ सय १ सय ८० रनको लक्ष्य चेन्नईले २ विकेट गुमाएर १९ ओभरमा पार गर्यो। चेन्नईको जितमा रायादुले नटआउट सय रन प्रहार गरे। उनले ६२ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। कप्तान महेन्द्रसिंह धोनीले १४ बलमा नटआउट २० रन जोडे। ओपनर सेन वाटसनले ३५ बलमा ५७ रन जोडे। वाटसनले रायदुबीच पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी भएको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १ सय ७९ रन जोड्यो। उसका लागि शिखर धवनले ७९ रन र कप्तान केन विलियमसनले ५१ रनको योगदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।