काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नो पार्टी आन्दोलनमा जानेमा द्विविधा नरहेको प्रष्ट्याएका छन्।
प्रतिनिधि सभा विघटनको अर्को दिन (पुस ६ मा) पार्टीले उक्त कदमलाई असंवैधानिक ठहर गरेको उनले बताए। पुस ६ मा सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको स्मरण गर्दै पौडेलले भने, ‘केही व्यक्तिले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको भनेपनि कांग्रेस अलमलमा छैन।’
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसका भ्रातृ संगठनले संयुक्त रुपमा मोरङमा गरेको विरोध प्रदर्शनपछिको सम्बोधनमा नेता पौडेलले राजनीति एउटा गम्भीर मोडमा पुगेको बताए। उनले भने, ‘लोकतन्त्र रहन्छ कि रहँदैन। यो संविधान रहन्छ कि रहँदैन। बर्माको जस्तै फेरि अर्को घटना हुन्छ की!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।