काठमाडौं– सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव बुझ्न आफन्तहरूले मानेका छैनन् ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मेहताको निधन भएको थियो ।
अहिले अस्पतालमा मेहताका आफन्तहरूले धर्ना दिएका छन् । उनीहरूले गृहमन्त्री सुधन गुरुङ आफैं आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । गुरुङ केहीबेरमा त्रिवि शिक्षण अस्पताल जाँदैछन् ।
आफूहरूको माग पूरा नभइ शव नउठाउने अडान उनीहरूले लिएपछि गृहमन्त्री गुरुङ जान लागेका हुन् । गृहमन्त्री गुरुङ दिउँसो १ बजेदेखि नै हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।