काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिक अभिव्यक्ति हनन् गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले साइबर सेना बनाएको आरोप लगाएका छन्।
कांग्रेसका भ्रातृ संस्थाले सुनसरीको इटहरीमा गरेको प्रतिनिधि सभा विघटनको विरोध सभामा नेता कोइरालाले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न सरकार उद्धत रहेको बताए।
उनले प्रतिनिधि सभा विघटनले मुलुक फेरि द्वन्द्वतिर फर्कन सक्ने आशंका व्यक्त गरे। ओली सरकार कमजोर रहेको तथ्य अपराधीहरु भित्र्याउनु रहेको उनले बताए।
कोइरालाले भने, ‘अपराधीलाई खोजी खोजी पार्टी प्रवेश गराइएको छ। प्रदेश २ मा धेरै अपराधीलाई ओली समूहमा प्रवेश गराइएको छ। सरकार अत्यन्तै कमजोर धरातलमा चलेको यही घटनाले देखाउँछ।’
कोइरालाले ओली सरकार ‘किसान मारा’ भएको पनि आरोप लगाए। उखु किसानको मृत्युमा सरकार नबोलेकोप्रति उनले दुःख व्यक्त गरे। सरकार भ्रष्टचारमा लिप्त रहेको बताउँदै उनले सरकारले गरेका भ्रष्टचार क्षम्य नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।