काठमाडौं- विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। सोमबार भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीकी शर्मिला थापाले ह्याट्रिक गोल गरिन्। त्यस्तै, विमला चौधरीले दुई गोल गर्दा विमला बिक र रश्मी घिसिङले १–१ गोल गरे।
खेलको ३६औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। खेलको ४५औं मिनेट र पहिलो हाफको अतिरिक्त समयमा शर्मिलाले दुई गोल गर्दै आर्मीलाई ३–० गोलको अग्रता दिलाइन्।
खेलको ६१औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक गोल पूरा गरिन्। योसँगै आर्मीले ४–० गोलको अग्रता बनायो। खेलको ६७औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई ५–० गोलको अग्रता दिलाइन्।
गोलको वर्षा नै गर्ने क्रममा विमला बिकले खेलको ७१औं र बिमला चौधरीले ८५ औं मिनेटमा गोल गर्दै आर्मीलाई ७–० गोलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।