• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मेस्सीको ‘फ्री-किक’

नेपाल लाइभ सोमबार, माघ १९, २०७७  १४:१५
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा लियोनल मेस्सीले ६५० गोल पूरा गरेका छन्। खेलको २०औँ मिनेटमा उत्कृष्ट 'फ्री-किक' गोलमा मेस्सीले पुरानो लय देखाएका हुन्। क्लबमा यो उनको ४९औँ 'फ्री-किक' गोल हो। ला लिगामा दोस्रो स्थानमा पुग्न मेस्सीसहित एन्टोनियो ग्रिजम्यानको गोल निर्णायक भयो। 

स्पेनिस सुपर कपको फाइनलमा गरेको फोउलका कारण दुई खेलको प्रतिबन्धपछि मेस्सी मैदान फर्किएका हुन्। सुपर कपको फाइनलकै टिम एथ्लेटिक बिल्बाओविरुद्धको खेल मेस्सीका लागि आफ्नो लय प्रमाणित गर्ने अवसर बन्यो। मेस्सीले पछिल्लो समय बार्सिलोनासँग गरेको सम्झौता बाहिरिएर पूर्वअध्यक्ष जोसेप मारिया बर्टामेउसहित उनीमाथि प्रश्न उठिरहेको समयमा बिल्बाओविरुद्धको जित महत्त्वपूर्ण बन्यो। 

६ पटकका बालोन डिओर विजेता मेस्सीले पछिल्लो महिनादेखि आफ्नो लय अझ सुधार गरिरहेका छन्। मेस्सीले बार्सिलोनाका लागि गरेको ४९ 'फ्री-किक' गोलमा ३८ 'फ्री-किक' गोल ला लिगामा गरेका छन्। मेस्सीले पछिल्लो पटक 'फ्री-किक'को चार प्रयासमा दुईलाई गोलमा परिणत गराएका छन्। त्यसअघि ६२ 'फ्री-किक' प्रयासमा जम्मा एक गोल गरेका थिए। 

पछिल्लो समय 'फ्री-किक'मा मेस्सीको गोल संख्या कम भइरहँदा अहिलेको अवस्थाले उनमा आत्मविश्वास बढेको देखिन्छ। सिजनका हिसाबले हेर्दा बार्सिलोनामा २००८-०९ को सिजन एक, २००९-१० को सिजन दुई, २०१०-११ मा एक, २०११-१२ मा तीन, २०१२-१३ मा चार, २०१३-१४ मा तीन, २०१४-१५ मा दुई, २०१५-१६ मा सात, २०१६-१७ मा चार, २०१७-१८ मा सात, २०१८-१९ मा आठ, २०१९-२० मा पाँच र चलिरहेको २०२०-२१ मा दुई 'फ्री-किक' गोल गरेका छन्। 

क्लब फुटबलमा मेस्सीको ४९ 'फ्री-किक' गोल सर्वाधिक हो। उनीपछि क्रिष्टियानो रोनाल्डोले क्लब फुटबलमा ४७ 'फ्री-किक' गोल गरेका छन्। क्लब र राष्ट्रिय टिमको आँकडा हेर्दा मेस्सीले ५५ 'फ्री-किक' गोल गरेका छन् भने उनीभन्दा एक गोलले अघि क्रिष्टियानो रोनाल्डोले क्लब र राष्ट्रिय टिमबाट गरेर ५६ 'फ्री-किक' गोल गरेका छन्। 

गएको सिजन बार्सिलोनामा उपाधिविहीन रहँदा मेस्सीमाथि उनको खेल लयलाई लिएर प्रश्न उठिरहेका थिए। गएको सिजन गोलका आधारमा २००७-०८ पछिको खराब सिजन भए पनि मेस्सी असिस्टमा बनाएको नयाँ कीर्तिमानले मैदानमा अवसरको खोजीमा अझ सशक्त देखिएका थिए। जसले उनी स्वयम गोलकर्ता मात्र होइनन् योजनाकार बने। गएको सिजन मेस्सीले ३१ गोल गरे। उनको २६ असिस्टले उत्कृष्ट समय नै देखायो। 

ला लिगामा नै हेर्दा दुई सयभन्दा धेरै गोल गर्ने खेलाडीहरु नौ जना छन्। ती नौ खेलाडीमा तीन सय गोल कटाउने खेलाडी दुई जना छन्। जसमा चार सय गोल कटाउने खेलाडी एक जना मात्र छन्। यसैले सजिलै तोडिन असम्भव जस्तो लाग्ने ला लिगामा सर्वाधिक गोलको कीर्तिमान मेस्सीको नाममा छ। ला लिगामा उनले ५०३ खेलमा ४५६ गोल गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मेस्सीको नाममा रहेर तोडिन असम्भव जस्तो लाग्ने अर्को कीर्तिमान एक वर्षमा उनले गरेको गोल संख्या हो। सन् २०१२ मा मेस्सीले बार्सिलोनाका लागि ७९ र अर्जेन्टिनी राष्ट्रिय टिमबाट १२ गोल गरेका थिए। जुन वर्ष मेस्सीको ९१ गोल कीर्तिमानी रह्यो। जुन सन् १९७२ मा जर्ड मुलरले ८५ गोल हानेर बनाएको कीर्तिमान तोडिएको थियो।

प्रशिक्षक पेप गार्डिओलाको समयमा एक सय अंक बनाएर ला लिगाको उपाधि जितेको त्यो बेला मेस्सीको खेल लय लोभलाग्दो थियो। जुन वर्ष बार्सिलोनाको ७९ गोलमा मेस्सीले ला लिगामा ५९, च्याम्पियन्स लिगमा १३, कोपा डेल रेमा ५ र स्पेनिस सुपर कपमा २ गोल गरेका थिए। ९१ गोल गरेको त्यो वर्ष मेस्सीले २४ गोलको लागि अवसर बनाएर गोल र असिस्टको संख्या १ सय १५ पुर्‍याएका थिए।

यस्तै विश्व फुटबलमा व्यक्तिगत रुपमा दिइने अवार्डमा विशेष रुपमा हेरिने बालोन डि’ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच एक दशकभन्दा बढी समय प्रतिस्पर्धा जस्तै देखियो। गएको वर्ष मेस्सीले जित्नुअघि दुवै खेलाडीले समान पाँच पटक बालोन डि’ओर जितेको थिए। 

जसमा मेस्सीले २००९, २०१०, २०११ र २०१२ मा लगातार चार पटकसहित २०१५ र २०१९ मा बालोन डि’ओर जिते। जसले विश्व फुटबलमा उत्कृष्ट खेलाडीको बहस गर्नेहरुका लागि मेस्सीलाई एक कदम अघि देखाउन तर्क मिल्यो। 

मेस्सीले युरोपियन फुटबलमा सर्वाधिक गोल्डेन बुट जित्ने कीर्तिमान पनि बनाएका छन्। युरोपियन लिगमा हरेक सिजन सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट जित्छन्। जसमा मेस्सीले २००९-१०, २०११-१२, २०१२-१३ का साथै लगातार तीन पटक २०१६-१७, २०१७-१८ र २०१८-२०१९ मा गोल्डेन बुट जितेका छन्। यसरी मेस्सीले ६ पटक जितेको गोल्डेन बुट पनि युरोपियन फुटबलमा सर्वाधिक हो। 

मेस्सीले ६ पटक नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन्। उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्।

मेस्सीले बार्सिलोनाबाट विभिन्न ३४ उपाधि जितेका छन्। जुन क्लबमा एक खेलाडीले जितेको सर्वाधिक उपाधि हो। यसरी हेर्दा क्लबबाट जित्न मिल्ने सबैजसो उपाधि मेस्सीले जितेका छन्। ३४ उपाधिलाई हेर्दा १० ला लिगा, ४ च्याम्पियन्स लिग, ६ कोपा डेल रे, ८ स्पेनिस सुपर कप, ३ फिफा क्लब विश्वकप, ३ युइएफए सुपर कप रहेका छन्।

क्लबबाट राम्रो खेल्ने तर राष्ट्रका लागि उपाधि जित्न नसक्ने आलोचना व्यहोरिरहेका मेस्सीले अर्जेन्टिनाबाट २००५ मा यु २० विश्वकपका साथै २००८-०९ मा ओलम्पिक गोल्ड मेडल जिताएका छन्। २०१४ को विश्वकपमा गोल्डेन बल जितेका मेस्सीको खेललाई उपाधिसँग मात्र जोडेर हेर्दा उनीमाथि अन्याय हुनेछ।

अहिले 'फ्री-किक' गोलमा देखिएको उनको कीर्तिमानी तथ्यांक पनि क्लब फुटबलमा तोड्न सहज हुने आँकडा होइन। गएको सिजन बार्सिलोना छाड्ने स्थितिबाट रोकिएका मेस्सीले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने हल्लाहरु चलिरहेकै छन्। यस्तोमा बार्सिलोनामा नै रहँदा उनले उत्कृष्ट खेल देखाउनुका साथै अझै केही रोमाञ्चक कीर्तिमान बनाउने नै छन्। 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन बुधबार, भदौ ३१, २०८३
राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, भदौ ३१, २०८३
संसद् डिजिटल युगमा प्रवेश गर्दै, सभामुख अर्यालले भने– ‘ढिला गर्नु हुँदैन’ बुधबार, भदौ ३१, २०८३
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’, बसन्तपुरदेखि पाटनसम्म पदयात्रा बुधबार, भदौ ३१, २०८३
पटक पटक किन आगाे लाग्दैछ सर्वाेच्च अदालतकाे भवनमा ? बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्